Logo

कोरोना कहर : विश्वभर एकैदिन २ लाख ९ हजार जनामा संक्रमण, संक्रमितको संख्या २ करोड २ लाख नाघ्यो

कोरोना कहर : विश्वभर एकैदिन २ लाख ९ हजार जनामा संक्रमण, संक्रमितको संख्या २ करोड २ लाख नाघ्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनाभन्दा बढी हुँदा कोरोना संक्रमितको संख्या २ करोड २ लाख नाघेको छ । कोरोनाको महामारीले पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमित हुनेको संख्या २ करोड २ लाख ४४ हजार ६०१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ३४२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख ३८ हजार ६०५ पुगेको छ ।

१ करोड ३१ लाख ६ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार ३९८ जनाको मृत्यु भएको छ । ३० लाख ६४ हजार २४६ जना संक्रमित भएकोमा १८ लाख ३६ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ३६ हजार २०९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६१ लाख ८२ हजार ८८ पुगेको छ । त्यसमध्ये ३३ लाख २७ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ११ हजार ६ जनाको मृत्यु भएको छ । ५१ लाख २० हजार ९३९ जना संक्रमित भएकोमा ३८ लाख ७८ हजार ९५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ६० हजार ९९४ जनाको मृत्यु भएको छ । ४७ लाख ९२ हजार १९९ जना संक्रमित भएकोमा ३३ लाख २ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २३ हजार ६४३ जनाको ज्यान गएको छ भने १० लाख ६१ हजार ९८ संक्रमित छन् । संक्रमितमध्ये ७ लाख ४७ हजार ४१४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ३४० जनाको मृत्यु भएको छ । २३ हजार ३१० जना संक्रमित भएकोमा १३ हजार ८१५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL