Logo

दक्षिण कोरियाविरुद्ध सैन्य कारबाहीको धम्की दिदै किम जोङकी बहिनीले भनिन-सेनालाई आक्रमणको आदेश दिएका छौं

दक्षिण कोरियाविरुद्ध सैन्य कारबाहीको धम्की दिदै किम जोङकी बहिनीले भनिन-सेनालाई आक्रमणको आदेश दिएका छौं



काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाविरुद्ध सैनिक कारबाही गर्ने चेतावनी दिएकी छिन् । उत्तर कोरियाको सीमा क्षेत्रमा सरकार विरोधी गतिविधि बन्द नगरेको भन्दै यो जोङले आक्रोश व्यक्त गरेकी छिन् । दक्षिण कोरियाले यस्तो काम बन्द नगरे सैनिक कारबाही गरिने उनले बताइन् ।

laxmi

किमले सर्वोच्च नेता, पार्टी र सरकारबाट आफूलाई मिलेको अधिकार प्रयोग गर्दै सेनालाई कारबाही गर्न भनेको बताइन् । सैन्य कारबाहीबारे यसपछि सेना प्रमुखले फैसला लिने उनले बताइन् ।

७ जुनदेखि उत्तर कोरियामा दक्षिण कोरियाली सीमाबाट पर्चासहितका ५ लाख बेलुन छाडिएको छ । यस पर्चामा उत्तर कोरियाका तर्फबाट हुने परमाणु हमलाको आलोचना गरिएको थियो । त्यस्तै, उत्तर कोरियामा भएको मानअधिकार हननबारे पनि प्रश्न उठाइएको छ । उत्तर कोरियाले यसबारे धेरैपटक आपत्ति जनाइसकेको छ ।

यता, दक्षिण कोरियाले पनि पर्चा फाल्नेहरुविरुद्ध कारबाही गरिने र यो क्रम बन्द हुने जनाएको थियो । तर, बेलुन पठाउने काम अझै रोकिएको छैन ।

दुई कोरियाली देशबीच पछिल्लो समय विवाद बढ्दो छ । उत्तर कोरियाले मंगलबार दक्षिण कोरियासँग सबै प्रकारले सम्पर्क बन्द गर्ने घोषणा गरेको थियो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL