Logo

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर, हड्डीमा समेत फैलियो

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर, हड्डीमा समेत फैलियो



काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको छ । ८२ वर्षीय पूर्व राष्ट्रपति बाइडनलाई देखिएको क्यान्सर हड्डीमा समेत फैलिएको उनको कार्यालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

गतसाता पिसाव सम्बन्धी केही समस्या देखिएपछि चिकित्सकसँग परामर्श गरेका बाइडनको शुक्रबार नै क्यान्सर भएको पुष्टि भएको हो । बाइडनमा देखिएको क्यान्सर तीब्र गतिमा फैलने प्रकृतिको रहेको जनाइएको छ ।

बाइडेन र उनको परिवार अहिले चिकित्सकहरुको परामर्शमा विभिन्न उपचार विकल्पहरूको अध्ययन गरिरहेको छ । बाइडनलाई देखिएको क्यान्सर औषधिको प्रयोग गरेर नियन्त्रणमा ल्याउन सकिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्