काठमाडौं । युक्रेनले लगातार दोस्रो रात मस्कोलाई लक्षित गर्दै रातभर ड्रोन आक्रमण गरेको दाबी गरिएको छ ।
रुसको उड्डयन निगरानी गर्ने संस्था रोसाभियाट्सियाले सुरक्षा सुनिश्चित गर्न राजधानीका चारै प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको छ ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा कम्तिमा १९ वटा युक्रेनी ड्रोनहरू विभिन्न दिशाबाट शहर पुग्नु अघि नै नष्ट गरिएको उल्लेख गरेका छन् ।
उनले नष्ट गरिएको ड्रोनको केही भग्नावशेष शहरतिर जाने प्रमुख राजमार्गहरू मध्ये एकमा खसेको र कुनै हताहत नभएको बताएका छन् ।
युक्रेनले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। तर युक्रेनी शहर खार्किभका मेयरले रुसले रातारात शहर र किभ क्षेत्रमा ड्रोन आक्रमण गरेको बताएका छन् ।