Logo

चिनियाँ नीति बैंककाे ‘चीन मध्ये एसिया सहयोग’ विस्तार, एसियाली देशमा साढे १ अर्ब डलर सहयोग

चिनियाँ नीति बैंककाे ‘चीन मध्ये एसिया सहयोग’ विस्तार, एसियाली देशमा साढे १ अर्ब डलर सहयोग



काठमडाौं । चीनको नीति बैंक, चाइना डेभलपमेन्ट बैंकले चीन-मध्ये एसिया सहयोगलाई प्रगाढ बनाउन आर्थिक सहयोग बढाएको छ।

laxmi

नीति बैंकले चीन र मध्य एसियाली देशबीचको अर्थतन्त्र, व्यापार, लगानी, यातायात, कृषि, ऊर्जा र स्रोतसाधनलगायतका क्षेत्रमा आयोजनालाई सहयोग गर्न १० अर्ब युआन (करिब १ अर्ब ४३ करोड अमेरिकी डलर’ विशेष ऋण उपलब्ध गराएको छ ।
चाइना डेभलपमेन्ट बैंकले अन्तरराष्ट्रिय स्तरमा लगानी सञ्चालन शुरु गरेको पहिलो क्षेत्र मध्य एसिया हो ।

सन् २०२२ को अन्त्यसम्ममा नीति बैंकले मध्य एसियाका ५ देशमा ऊर्जा र स्रोत, पूर्वाधार र यातायातलगायतका क्षेत्रमा १३४ परियोजनालाई सहयोग गरिसकेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL