Logo

ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो, विदेशी ऋणको अंश ३७ प्रतिशत पुग्यो

ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो, विदेशी ऋणको अंश ३७ प्रतिशत पुग्यो



काठमाडौं । औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ । खासगरी विदेशीहरुले स्थानीय ऋणपत्र (बोन्ड) व्यापक रुपमा खरिद गरेका कारण ऋणभार बढेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरण उल्लेख छ ।

laxmi

बैंकका अनुसार मार्चको अन्त्यसम्ममा बाह्य दायित्व बढेर ५ सय ६६ अर्ब डलर पुगेको छ जुन अघिल्ला ३ महिनाको तुलनामा २१ अर्ब डलरले बढी हो ।

कोरियाली अर्थतन्त्र निकै सबल रहेका कारण पनि विदेशी लगानीकर्ताहरुले कोरियाली ऋणपत्रमा लगानी बढाएको देखिएको छ । कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पहिलो त्रैमासिक अवधिमा १ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि कोभिड–१९ शुरु हुनुभन्दा अघिको अवस्थामा पुगेको बैंकले जनाएको छ ।

देशको विदेशी मुद्रा सञ्चयको तुलनामा अल्पकालीन वैदेशिक ऋणको अंश १ दशमलव २ प्रतिशतले बृद्धि भएर ३७ दशमलव १ प्रतिशत पुगेको छ ।

यसैगरी, बाह्य ऋणको भार मार्चको अन्त्यसम्ममा १० खर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा करिब ३ अर्ब डलरले बढी हो । रासस/सिन्वह्वा

प्रतिक्रिया दिनुहोस्
MBL