Logo

पुनर्निर्मित रानीपोखरीको आज राष्ट्रपतिद्वारा उद्घाटन गरिँदै

पुनर्निर्मित रानीपोखरीको आज राष्ट्रपतिद्वारा उद्घाटन गरिँदै



काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको आज दिउँसो १२ बजे उद्घाटन हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएसँगै बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर अहिले ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको हो । मल्लकालीन राजा प्रताप मल्लको पालामा बनाइएको उक्त पोखरी बनाइएको हो ।

विसं १८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । तर फेरि रानीपोखरीलाई आधुनिक शैलीबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो ।

त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने पनि मन्त्री श्रेष्ठले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL