Logo

तोकिएको समयभन्दा अघि नै गौरा कन्स्ट्रक्सनले सम्पन्न गर्यो पुनर्निर्माण, समुदायलाई विद्यालय हस्तान्तरण

तोकिएको समयभन्दा अघि नै गौरा कन्स्ट्रक्सनले सम्पन्न गर्यो पुनर्निर्माण, समुदायलाई विद्यालय हस्तान्तरण



काठमाडौं । गौरा कन्स्ट्रक्सनले तोकिएको समयभन्दा अघि विद्यालयले पुनर्निर्माण सम्पन्न गरेको छ ।

laxmi

नेपाल पुनर्निर्माण प्राधिकरण अन्तरगत शिक्षा इकाईसँग सम्झौता गरेर विद्यालय भवन पुनर्निर्माण सुरु गरेको गौराले तोएिको समयभन्दै ७७ दिन अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।

गौराले २०७५ असोज १५ मा नुवाकोटमा १९ वटा विद्यालय पुर्ननिर्माणका लागि प्राधिकरणसँगै सम्झौता गरेको थियो । जसमध्ये ६ वटा स्कुल तोकिएको समयभन्दा ७७ दिन अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको गौराका प्रबन्ध निर्देशक कुमार पौडेलले जानकारी दिए ।

कुल १९ वटा स्कुलमध्ये गौराले आज एक कार्यक्रम गरी नुवाकोटको वेलकोटगढी नगरपालिका स्थित सरस्वती आधारभूत विद्यालयको हस्तान्तरण गरेको थियो । उक्त स्कुलको एक कार्यक्रमकाबीच प्रतिनिधिसभा सदस्य नारायण खतिवडाले उद्घाटन गरेका थिए । सो स्कुल कुल १ करोड ४० लाख ६६ हजार रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।

साथै कम्पनीले बाँकी रहेको १३ वटा स्कुल पनि प्राधिकरणले तोकेको समयसिमाभन्दा अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने जानकारी दिएको छ । साथै सरकरको तीब्र गतिमा पुनर्निर्माण गरी समृद्ध नेपाल बनाउने लक्ष्यलाई सहयोग गर्न कम्पनीले यथासक्दो छिटो काम गर्दै आएको समेत पौडेलले जानकारी दिए ।

२०३३ सालमा स्थापना भएको गौराले देशमा सडक, भवन, पुल, अस्पताल, जलविद्युत आयोजनाहरु निर्माण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL