Logo

मेलम्ची आयोजना निर्माणका लागि दुई कम्पनी सर्ट लिष्टमा, कसले मार्ला बाजी

मेलम्ची आयोजना निर्माणका लागि दुई कम्पनी सर्ट लिष्टमा, कसले मार्ला बाजी



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको टेण्डर प्रकृया अन्तिम चरणमा पुगेको छ । ३१ जुनमा टेण्डर आह्वान गरको आयोजनाले हाल आर्थिक मूल्याङ्कनको क्रममा रहेको जानकारी दिएको छ ।

laxmi

आयोजनाले मुख्य सुरुङमार्ग र हेडबक्स गरी दुई ओटा प्याकेजमा टेण्डर आह्वान गरेको थियो । सोही अनुसार मुख्य सुरुङमार्ग र हेडबक्सको टेण्डरमा परेको आवेदनको मूल्याङ्कन गरी दुईओटा कम्पनीलाई छनौट गरेको छ । उक्त दुई कम्पनी मध्ये जसले कम रकमा बोलकबोल गरेको छ उसैले ठेक्का पाउने छ ।

आयोजनाका अनुसार अन्तिम छनौटमा परेको कम्पनीमा हाई हिमालय रमणको जेभि र चिनियाँ कम्पनी सिनो हाईड्रो रहेका छन । इटालिएन कम्पनी सिएमसीले उक्त आयोजना छोडेर गए पछि मन्त्रिपरिषदको निर्णय अनुसारनै २ ओटा प्याकेजमा काम गर्ने गरी आयोजनाले टेण्डर आह्वान गरेको थियो ।

आयोजनाले भने एउटै प्याकेजमा जाँदा मेलम्चीको पानी काठमाडौं आईपुग्न करिब ३ बर्ष भन्दा माथी समय लाग्ने देखिए पछि मल्टिपल प्याकेजमार्फत जाने तयारीका साथ उक्त टेण्डर खुला गरेको थियो ।

त्यस्तै केही समय अघि मेलम्ची आयोजनामा रहेको हेडबक्सको प्रोडक्शनको काम गर्न पुगेको श्रेष्ठ कम्पनीलाई आफुहरुले रकम नपाएको भन्दै स्थानीय ठेकेदार तथा मजदुरहरुले माग दाबी गर्दै फर्काएका थिए । हाल आयोजनाले सो विषयमा छलफल गरी प्रतिवेदन मन्त्रालयमा बुझाउने तयारी भएको आयोजनाले जानकारी दिएको छ ।

स्थानीय ठेकेदार ६९ कम्पनीले करिब १ अर्ब ६० करोड रुपैयाँ बराबरको रकम माग दाबी गरेका थिए । आयोजनाको काम संचालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई रकम दाबी गर्न समय दिए पछि स्थानीय ठेकेदारहरुले उक्त रकम माग दाबी गरेका हुन् ।

स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सले भने असार २१ भित्र माग सम्बोधन नभए पुनः आयोजनाको काममा अवरोध गर्ने बताउँदै छन् । तर पछिल्लो समयमा भएको गतिविधि अनुसार काममा कुनै अवरोध नभएको आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL