Logo

भुकम्पले सडकमा सामान्य क्षति, मन्त्रालय भन्छ, ‘देशैभरका पुल सुरक्षित छन्’

भुकम्पले सडकमा सामान्य क्षति, मन्त्रालय भन्छ, ‘देशैभरका पुल सुरक्षित छन्’


बिजखबर संवाददाता
0
Shares

बिजखबर संवाददाता
२१ वैशाख, काठमाडौं ।
गत १२ गते आएको महा भुकम्पका कारण देशैभरका सडकमा ठूलो क्षति नपुगेको देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको प्रारम्भिक चरणको निरीक्षणले यस्तो देखाएको हो । निरिक्षण क्रममा भुकम्पले राजमार्ग तथा सडकमा सामान्य क्षति मात्रै पु¥याएको भेटिएको मन्त्रालयका सहसचिव देवेन्द्र कार्कीले बिजखबरलाई बताए ।
भुकम्पले काठमाडौं–कोदारी राजमार्ग अन्तर्गत बाह्रविसेदेखि कोदारी सम्मको सडकमा क्षति पु¥याएको छ । उक्त राजमार्ग अन्तर्गत अझै १३ किलोमिटर सडक अवरुद्ध छ । ‘भुकम्पले काठमाडौ–कोदारी राजमार्गअन्तर्गत करीब २६ किलोमिटर बाटो अवरुद्ध पारेको थियो’ उनले भने, ‘अहिले आधा भन्दा बढी सडक खुलाई सकिएकोक छ ।’ कोदारीतर्फको सडक चीनका अधिकारीहरुले समेत खोल्ने प्रयास गरिरहेकोले चाडै सडक खुल्ने उनले बताए ,
त्यस्तै, भुकम्पले धुन्चेदेखि स्यांफ्रुबेंसीसम्मको सडकमा पनि क्षति पु¥याएको थियो । अहिले उक्त सडकखण्ड सञ्चालनमा आईसकेको उनले बताए ।
त्यस्तै, गोरखाको बारपाक जाने सडक समेत अवरुद्ध भएको थियो । उक्त सडक अझै खुल्न नसकेको उनले जानकारी दिए ।
भुकम्पले मुलुकभरका कुनै पनि पुलमा ठूलो क्षति नपु¥याएको मन्त्रालयले जनाएको छ । निरिक्षणका क्रममा सवै पुलहरु जोखिम बाहिर रहेको पाइएको हो । ‘काठमाडौंलगायत सवै स्थानमा रहेका पुलहरु सुरक्षित छन्’ उनले भने, ‘निरिक्षणले कतै कतै सामान्य क्षति मात्रै भएको पाईयो ।’
उद्दार तथा राहत वितरणको काम सम्पन्न भएर परिस्थीती सामान्य अवस्थामा आएपछि मन्त्रालयले सडक तथा पुलहरुको विस्तृत अध्ययन गर्ने उनले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL