Logo

असार पहिलो सातादेखि काठमाडौंमा ५० सिटे बस संचालनमा, एडीबीको २ करोड सहयोग, यस्ता छन् रुट

असार पहिलो सातादेखि काठमाडौंमा ५० सिटे बस संचालनमा, एडीबीको २ करोड सहयोग, यस्ता छन् रुट


रासस
0
Shares

काठमाडौं । सामाखुशी यातायात व्यवसायी समितिले गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमताका ठूला बस सञ्चालनमा ल्याउने भएको छ ।

असार पहिलो हप्तादेखि संचालनमा ल्याउन लागेको उक्त ठुला बसहरुले नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगल सम्म सेवा दिने भएको छ ।

समितिले यात्रुहरुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ वटा बस सञ्चालन गर्न लागेको हो ।

समितिका अध्यक्ष सानुकाजी प्रजापतिले ७ करोड रुपैयाँ लगानीमा ५० सिट क्षमता भएका १७ वटा ठूला बस सञ्चालन गर्न लागेको बताएका हुन । ‘असार पहिलो हप्ता १० वटा बस र त्यसपछि ७ वटा बस सञ्चालनमा ल्याउँछौं,’ उनले भने ।

सामाखुशी भएर चल्ने माइक्रोबसलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगल सम्म नयाँ बस सञ्चालन गर्न लागेको समितिले जानकारी दिएको छ ।

सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले १ करोड ९० लाख रुपैयाँ अनुदान दिएको छ । सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल—रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन ।

सरकारले पछिल्लो समय उपत्यकामा सवारीसाधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारीसाधन तथा टर्सरी रुटमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL