Logo

सुध्रिएन राष्ट्रिय गौरबका आयोजनाको खर्च परिचालन

सुध्रिएन राष्ट्रिय गौरबका आयोजनाको खर्च परिचालन


बिजखबर संवाददाता
0
Shares

सरकारले राष्ट्रिय गौरबका आयोजनलाई उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरेपनि त्यसको तुलनामा काम हुन सकेको छैन । सरकारले विभिन्न १८ वटा राष्ट्रिय गौरबका आयोजनालाई विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेपनि परिचालन पक्ष भने कमजोर रहेका छन् ।

सरकारले अत आर्थिक बर्षमा राष्ट्रिय गौरबका कायोजनामा कुल ७२ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको थियो । तर सो रकमको ५३ प्रतिशत अर्थात ३८ अर्ब ९७ करोड रुपैयाँ मात्र खर्च भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

उच्च प्राथमिकताका साथ बजेट विनियोजन गरिएको कतिपय आयोजनको पूँजीगत खर्च परिचालन एकदमै न्युन रहेको छ । विशेषगरी काठमाडौं–तराई–मधेश द्वुतमार्गको कुल बजेटको ११ प्रतिशत बजेटमात्र परिचालन भएको छ भने पोखरा क्षेत्रिय विमानस्थलको २० प्रतिशत रकम खर्च भएको देखिन्छ । लामो समयदेखि प्रतिक्षामा रहेको भेरी–बबई डाइभर्सन बुहउद्देश्यि आयोजनाको ३८ प्रतिशत रकम मात्र परिचालन भएको दखिन्छ ।

राष्ट्रिय गौरबका आयोजनाको अधिकांशको पूँजीगत खर्च परिचालन ५० देखि ६० प्रतिशतको हाराहारीमा रहेको छ । तर, माथिल्लो तामाकोशी जलविद्युत आयोजना र लुम्बिनी विकास कोषको शतप्रतिशत खर्च भएको देखिन्छ । यसैगरी, बुढीगण्डकी जलविद्युत आयोजना, पुष्पलाल राजमार्ग, बबई सिचाई आयोजना तथा रानीजमरा सिचाईको पूँजीगत खर्च परिचालन भने राम्रो रहेको छ ।

गत आर्थिक बर्षमा बजेट चाँडै आएपनि कार्यान्वयनको शुरुवात ढिलो भएको तथा कतिपय ठुला विकास परियोजनाहरुको कार्यन्वयन को विधि समयमा निर्धारण हुन नसक्दा पूँजीगत खर्च हुन नसकेको सम्बद्ध मन्त्रालयलहरुले जानकारी दिएका छन् । विशेषगरी त्यस्तो समस्या द्वुतमार्ग, बुढीगण्डकी जलविद्युत आयोजना, दोस्रो अन्तरराष्ट्रिय विमानस्थलजस्ता आयोजनामा देखिएको छ ।

कुन आयोजनाको खर्च गर्ने क्षमता कति ?

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL