Logo

छेडियो नागढुंगा-नौविसे सुरुङमार्ग, प्रधानमन्त्रीले गरे ‘ब्रेकथ्रु’ को घोषणा

छेडियो नागढुंगा-नौविसे सुरुङमार्ग, प्रधानमन्त्रीले गरे ‘ब्रेकथ्रु’ को घोषणा



काठमाडौं । नागढुंगा नौविसे सुरुङमार्गकको मुख्य सुरुङ वारपार छेड्ने काम (ब्रेकथ्रु) सम्पन्न भएको छ । यसअघि सुरुङ वारपार छिचोल्न बाँकी रहेको २ मिटर भाग खनेसँगै आज उक्त सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको हो ।

laxmi

कोरोनालगायतका कारण काम लम्बिँदै आएको उक्त आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय स्वीच थिचेर ब्रेकथ्रु भएको घोषणा गरेका हुन् । सुरुङमार्ग निर्माणमा सहभागि जापानी सहयोग नियोग –जाइका)ले आयोजना गरेको कार्यक्रममा उनले विद्युतीय स्वीच थिचेर सुरुङको ब्रेकथ्रु गरेका हुन् ।

ब्रेकथ्रु कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै जापानी सहयोग नियोग (जाइका)का पदाधिकारीलगायतको उपस्थिति थियो ।
आयोजनाको सुरुङ छेड्ने काम सोमबार सकिएपनि यसको फिनिसिङलगायतका लागि भने अझै समय लाग्ने आयोजना प्रमुख नविनमान श्रेष्ठ बताउँछन् । उनका अनुसार काठमाडौंतर्फको फ्लाईओभर, सुरुङभित्रको फिनिसिङ, पहुँचमार्गलगायतका कार्य गर्न अझै समय लाग्नेछ । यसका लागि तोकिएको समयमा थप एक बर्ष लाग्ने उनको भनाई छ ।

आयोजनाले इभ्याकुएशन सुरुङ गत साउन २२ गते नै ब्रेकथ्रु गरिसकेको छ ।

सरकारले जाइकासँग १६ अर्ब रुपैयाँ ऋण लिएर उक्त सुरुङमार्ग बनाउँदै छ । कुल २२ अर्ब खर्च हुने उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ । अन्य समस्या समाधान गर्न सकिने भए पनि प्रभावितले पुनः जग्गाको मुआब्जा माग गरेपछि समस्या बल्झिँदै गएको थियो । हाल मुआब्जाको केहि समस्या भने बाँकी नै छ । केहि स्थानीयहरु मुआब्जाकै बिषयलाई लिएर अदालतसम्म पुगेका छन् ।

सुरुङमार्ग निर्माणको जिम्मा हाज्मा–आन्दो कर्पोरेशनलेले पाएको थियो । २०७६ देखि निर्माण सुरु गरेको कम्पनीले कोरोना महामारीमा काम गर्न नपाएको भन्दै म्याद थप्न आग्रह गरेपछि नेपाल सरकारले आयोजनाको म्याद २०२४ अप्रिलसम्म पुर्याएको थियो । हालसम्म सबैजसो काम भईसकेपनि काठमाडौंतर्फ ओभरब्रिजका लागि आवश्यक जग्गाको टुंगो अझै लागेको छैन । यसकै लागि भन्दै आयोजनाले १ बर्षको म्याद थप मागेको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुंगा बलम्बुसम्मको दुरी तीन किलोमिटरले कम हुनेछ । सडकको दुरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश बिन्दुदेखि नागढुंगासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघण्टा समय बचत हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL