Logo

काठमाडौंमा मेट्रो तथा मोनोरेलको सम्भाव्यता अध्ययन गर्दै फ्रान्स

काठमाडौंमा मेट्रो तथा मोनोरेलको सम्भाव्यता अध्ययन गर्दै फ्रान्स


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवादाता ।

फ्रान्स सरकारले काठमाडौं उपत्यकामा मेट्रो तथा मोनोरेल संचालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ । केही समय भित्रै फ्रान्स सरकारले उपत्यकामा सम्भाव्यता अध्ययन थाल्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए । हाल फ्रास सरकारसँगको छलफल अन्तिम चरणमा पुगेको र आगामी २ हप्ता भित्रै सम्भाव्यता अध्ययन थालिने समेत मन्त्रालयले जानकारी दिएको छ ।

सिटौलाका अनुसार फ्रान्सले सम्भाव्यता अध्ययन गरेपछि मात्र कुन मोडलमा रेल सेवा संचालन गर्ने भन्ने विषयमा टु्ंगो लाग्ने छ । ‘सम्भाव्यता अध्ययन सकिएपछि रेल सेवामा फ्रान्स सरकार वा त्यहाँका व्यवसायीहरुले लगानी गर्ने भन्ने विषयको टुंगो लाग्नेछ,’ उनले भने, ‘सवै पक्षसँग छलफल गरेर सार्वजनिक निजी साझेदारीको मोडलमा पनि जान सकिनेछ ।’

काठमाडौं उपत्यकामा मेटो तथा मानोरेल संचालन गर्ने सम्बन्धमा यसअघि फ्रान्सका व्यवसायीहरु अर्थ मन्त्रालयमा पनि पुगेका थिए । अर्थमन्त्रलयसँगको भेटघाटमा पनि ती व्यवसायीहरुले काठमाडौं उपत्यकामा आफुहरु रेल सेवामा लगानी गर्न तयार भएको बताएका मन्त्रालयका एक अधिकारीले बताए । ‘रेल सेवामा लगानी गर्न फ्रान्सका व्यवसायीहरु प्रस्ताव पेश गर्नका लागि यही हप्ता मन्त्रालयमा आउने कुरा भइरहेको छ,’ अर्थ मन्त्रालयका ती अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL