Logo

नेपालमा एनआरएनको २९ अर्ब लगानी, आकर्षणको क्षेत्र सेवा

नेपालमा एनआरएनको २९ अर्ब लगानी, आकर्षणको क्षेत्र सेवा


बिजखबर संवाददाता
27
Shares

गैरआवासीय नेपालीहरुको नेपालमा लगानी २९ अर्ब ८५ करोड ५० लाख पुगेको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ९ ओटा जिल्लालाई आधार मानेर गरेको अध्ययनले यस्तो देखाएको हो ।

अध्ययन अनुसार एनआरएनले देशभरका नौ वटा जिल्लामा सन् १०१४ को अन्त्यसम्ममा २९ अर्व बराबरको लगानी गरेका हुन् । त्यसमध्ये सेवा क्षेत्र एनआरएनको लगानीको आकर्षक क्षेत्र रहेको पाइएको छ ।

सो अवधिमा सेवा क्षेत्रमा मात्रै कुल लगानीको सबैभन्दा बढी ५९ प्रतिशत अर्थात १७ अर्ब ५३ करोड ७० लाख रुपैयाँ लगानी भएको छ । त्यसैगरी, उर्जा क्षेत्रमा विशेषगरी जलविद्युत आयोजनामा २४ प्रतिशत अर्थात ७ अर्ब ३६ करोड १० लाख रुपैयाँ लगानी भएको अध्ययनले देखाएको छ ।

अध्ययनले गैरआवासीय नेपालीहरुले विभिन्न ६७ प्रकारका उद्यमहरुमा लगानी गरेको देखिएको छ । काठमाडौं एनआरएनको लगानीको प्रमुख केन्द्र रहेको पाइएको छ । छ । त्यस्तै दोश्रोमा बाग्लुङ जिल्ला रहेको छ ।

अध्ययनले देखाए अनुसार अन्यमा क्रमशः मकवानपुर,कास्की, गोरखा चितवन र सिराहा रहका छन् । ती उद्योग व्यवसायले ८ हजार २ सय ७६ लाई रोजगारी दिएको छ ।

एनआरएनले सञ्चालन गरेको उद्योग व्यवसायबाट ५ हजार ४ सय ९६ पुरुष र अनय महिलाले रोजगारी पाएको बताइएको छ । सो अवधिमा गैरआवासीय नेपालीले नेपालमा सहयोग तथा चन्दा स्वरुप कुल लगानीको १ प्रतिशत रकम मात्रै खर्चिएको अनुसन्धानले देखाएको छ । सामाजिक क्षेत्रमा चन्दा स्वरुप ४ अर्व रुपैयाँ खर्चिएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL