Logo

तिब्बतको ल्हासा नगरले दियो काठमाडौंलाई २ वटा कम्प्रेस्ड गारवेज ट्रक, ७ हजार किलो फोहोर बोक्ने

तिब्बतको ल्हासा नगरले दियो काठमाडौंलाई २ वटा कम्प्रेस्ड गारवेज ट्रक, ७ हजार किलो फोहोर बोक्ने



काठमाडौं । चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको भगिनी सहर ल्हासाले काठमाडौं महानगरपालिकालाई २ थान कम्प्रेस्ड गारवेज ट्रक प्रदान गरेको छ । ट्रक प्राप्त भएपछि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, काठमाडौं महानगर र काठमाडौं महानगरबासीकातर्फबाट ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गरेका छन् । ‘२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न हामीले दिएको निमन्त्रणा स्वीकार गरेर ल्हासा नगरका मेयर गुहेओ गुहेओ आउनुभएको थियो ।’ ल्हासा नगरबाट गारवेज ट्रक प्राप्त हुनुको पृष्ठभूमि उल्लेख गर्दै मेयर शाक्यले भने, ‘ल्हासा नगरका मेयर गुहेओले त्यसबेलाको भेटमा काठमाडौंको सरसफाइका लागि कम्प्रेस्ड गारवेज ट्रक दिने बताएका थिए । त्यसै बमोजिम उहाँले २ थान उपहार पठाउनुभएको हो । यसप्रति म व्यक्तिगत रुपमा पनि ल्हासा नगर र त्यहाँका जनताप्रति आभार व्यक्त गर्दछु ।’

laxmi

ल्हासाले दिएको ट्रकको मूल्य १० लाख ६० हजार युआन (करीब १ करोड ९० लाख रुपैयाँ) हो । ल्हासाबाट पैदल मार्गबाट ल्याइएका ट्रकहरु मंसिर १४ गते साँझ खासा मितेरी पुल ल्याइपुर्याइएको थियो । १५ गते ल्हासा नगरको अन्तरराष्ट्रिय मामिलाका अधिकारीहरुले काठमाडौं महानगरको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयलाई हस्तान्तरण गरेका थिए । त्यस अवसरमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम बसेल, वित्त विभागबाट उपनिर्देशक प्रवीण प्याकुरेल, विपद् व्यवस्थापन बिभाग नगर प्रहरी नायव उपरीक्षक विष्णु जोशी, चालक बलराम चचामु र दीपक वैष्णव थिए । ती ट्रकहरु मंसिर १६ गते काठमाडौं पुर्याईएका हुन् ।

आईतबार महानगरका प्रमुख शाक्यले ट्रकको साँचो यन्त्र तथा उपकरण महाशाखा प्रमुख पुरुषोत्तम शाक्यलाई हस्तान्तरण गरेका छन् । त्यसअघि अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले मेयर शाक्यलाई ट्रकको साँचो हस्तान्तरण गर्नुभएको थियो ।

१९० हर्ज पावरको इञ्जिन भएको ट्रक ८ गेयरमा चल्छ । ७ हजार २०५ किलोग्राम फोहोर कम्प्रेस गरेर बोक्नु यसको मुख्य विशेषता हो । संकलित फोहोरलाई पछाडिको बकेटमा राखेपछि मेसिनले फोहोरलाई विस्तारै उचाल्न थाल्छ । त्यसपछि कम्प्रेस्ड मेसिनबाट फोहोर खाँदिन थाल्छ । यसको क्षमता पूरा भएपछि आफैं आवाज दिन थाल्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL