Logo

भूकम्पपछी पनि घटेन उद्योगमा विदेशी लगानी

भूकम्पपछी पनि घटेन उद्योगमा विदेशी लगानी


रामराजा श्रेष्ठ
0
Shares

रक्षा रेग्मी

laxmi

८ असोज,काठमाडौं । बैशाख १२ को भुकम्प र त्यसपछी लगातार गएका परकम्पनले देशको अर्थतन्त्रमा असर पुर्याएपनि विदेशी लगानीकर्ताको मनोवलमा भने असर गरेको देखिदैन । गत ५ महिनामा  उद्योग क्षेत्रमा भित्रिएको उत्साहजनक लगानीको प्रतिबद्धता सहितको उद्योग विभागको तथ्यांकले यस्तो देखाएको हो ।

उद्योग विभागको तथ्यांक अनुसार यस बर्ष बैशाख १५ गतेदेखि हालसम्म उद्योगमा रु.४ अर्व ७४ करोड ५२ लाख बराबरको विदेशी लगानीका लागि प्रतिवद्धता भित्रिएको छ । यो गत बर्षको सो अवधिको तुलनामा रु.९० करोड ८६ लाखले बढी हो । गत बर्षको सोहि अवधिमा रु.३ अर्व ८३ करोड ६६ लाख बराबरको लगानीको प्रतिबद्धता भित्रिएको थियो ।

यता गत बर्ष र यस बर्षको सो अवधिमा दर्ता भएका विदेशी लगानीका उद्योगको संख्या बराबर भएको विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । उनका अनुसार सो अवधिमा १ सय ८० ओटा उद्योग दर्ता भएका छन् । ‘भूकम्पले पर्यटकको आगमनमा असर पारेपनि उद्योग दर्ता तथा विदेशी लगानीकर्ताको मनोवल भने घटाएको छैन ’ उनले भने ।

यस बर्ष भारतबाट १ अर्व ९६ करोड ८५ लाख बराबरको लगानी भित्रिएको छ । यो विदेशी लगानीमा सवैभन्दा बढी हो । त्यस्तै चीनबाट १ अर्व ४८ करोड २१ लाख लगानी भित्रिएको छ । तर संख्यात्मक रुपमा भने अन्य राष्ट्रको तुलनामा चीन सवैभन्दा अगाडी छ ।
विभागका अनुसार चीनीयाँ लगानीको ७२ उद्योग र भारतीय लगानीका १४ उद्योग दर्ता भएका थिए । दक्षिण कोरियाका २४ उद्योग, अमेरिकाको १७ र जापानको १० उद्योग विभागमा दर्ता भएका छन् ।

यस आवमा विदेशी लगानीका सवैभन्दा बढी साना उद्योग दर्ता भएका छन् । बैशाख १५ देखि हालसम्म १ सय ६३ साना उद्योग दर्ता भएका छन् । विदेशी लगानीका साना उद्योग उद्योग विभागमा दर्ता हुने प्रावधान छ । त्यस्तै मझौला १३ र साना ४ साना उद्योग दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL