Logo

ललितपुर मलको उदघाट्न, संचयकोषलाई मासिक ५५ लाख आम्दानी

ललितपुर मलको उदघाट्न, संचयकोषलाई मासिक ५५ लाख आम्दानी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२६ भदौं, काठमाडौं । काठमाडौं । ललितपुरको लगनखेलस्थित ‘ललितपुर मल’ को औपचारिक रुपमा उद्घाटन भएको छ । अर्थमन्त्री डा. रामशरण महतले ललितपुरको लगनखेलस्थित ‘ललितपुर मल’ को उद्घाटन गरेका हुन् कर्मचारी संचय कोष भवनमा रहेको उक्त मलले ललितपुरका जनतालाई अध्याधुनिक सेवा तथा सुविधा दिने विश्वास व्यक्त गरेका छन् ।

अर्थमन्त्री डा.महतले मल उदघाटन गर्दै हरेक प्रकारका सामाग्रीहरु एकै स्थानमा खरिद गर्न सकिने गरि मलहरु खोलिनु आवश्यक भएको बताए । उनले समाज आधुनिकिकरणतर्फ उन्मुख भएको भन्दै यस्ता सपिंग मलहरुले आर्थिक गतिविधि बढाउन सहयोग गर्ने स्पष्ट पारे । तर, पछिल्लो समय तराइमा भइरहेको आन्दोलनले व्यवसायी तथा मजदूरलाई काम गर्ने वातावरण नभएको उनको भनाइ थियो । ‘हाल व्यवसायीले उद्योग कलकारखाना खोल्न चाहेका छन् भने मदूरहरु काम खोजीरहेका छन्,’ उनले भने, ‘तर, बन्दकर्ताले तरबार र भाला देखाएर तर्साइरहको छन् ।’

कार्यक्रममा ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले आर्थिक गतिबिधि बढाउन मलले सहयोग गर्ने बताउँदै मल हरेक पुस्ताका ग्राहकहरुको लागि उपयुक्त रहेको दाबी गरे । उहाँले ललितपुर जिल्लामा नै पहिलो पटक व्यवस्थितरुमा मल संचालन गरिएको भन्दै ग्राहकहरुले सूपथ मूल्यमा अधिकतम सेवा सुविधा प्राप्त गर्ने बताए । मललाई बैशाखदेखि नै संचालनमा ल्याउने तयारी गरिएका पनि भुकम्पका कारण ढिलाई भएको समेत उनले जानकारी दिए ।

Purushottam-lalitpur-mall
यसैगरी, ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुरमा पहिलो पटक व्यवस्थितरुपमा सपिंङ मलको स्थापना भएको भन्दै यो छोटो अवधिमा नै स्थापित हुने दावी गरे । कम्प्लेक्सको शुभारम्भसँगै मोबाइल एक्स्पोको आयोजना गरिएको जानकारी दिँदै एक्स्पो अवधिभर मल्टिब्राण्ड शोरुमबाट ४० भन्दा बढि ब्राण्डका मोबाइलहरुमा विशेष छुट दिईने बताए ।

उक्त मलका निर्माता कर्मचारी संचय कोषमा प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले मल १५ वर्षको लागि भाडामा दिइएको जानकारी दिँदै दुवैपक्ष सम्झौता अनुसार मिलेर अघि बढ्ने बताए । मल संचालकले संचयकोषलाई भाडा वापत मासिक ५५ लाख रुपैयाँ भाडा बुझाउने छ ।

मोबाइल कम्प्लेक्स तथा एक्स्पोको पहिलो दिनमा नै मोबाइल खरिद तथा भ्रमणका लागि उल्लेख्य मात्रामा ग्राहकहरु तथा अवलोकनकर्ताहरुको भिड देखिएको छ । एक्स्पोको पहिलो दिन नै २० हजारभन्दा बढि अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् ।

त्यसैगरी भदौ २५ गते आजदेखि ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्समा मोबाइल एक्सपो २०७२ आयोजना हुनेछ । कम्प्लेक्सको शुभारम्भको अवसरमा मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ ।

मलको उदघाट्न तथा मोबाइल कम्प्लेक्सको शुभारम्भसँग हुने एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL