Logo

सञ्चालक समिति बैठकद्वारा क्षेत्रीको राजीनामा स्वीकृत, व्यवस्थापन जिम्मा लिन राष्ट्र बैंकले मानेन

सञ्चालक समिति बैठकद्वारा क्षेत्रीको राजीनामा स्वीकृत, व्यवस्थापन जिम्मा लिन राष्ट्र बैंकले मानेन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२९, कात्तिक, काठमाडौं । ग्राण्ड बैंकका कार्यकारी प्रमुख परशुराम क्षेत्री र महाप्रवन्धक विजय पन्तले दिएको राजीनामा सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले दुबैको राजीनामा स्वीकृत गरेको समाचार स्रोतको दाबी छ ।
क्षेत्री झण्डै ६ महिनाअघि ग्राण्ड बैंकको कार्यकारी प्रमुख बनेका थिए भने पन्त करिब तीन महिनाअघि मात्र सो बैंकमा प्रवेश गरेका थिए । थोरै पारिश्रमिकमा पनि बैंकको कार्यकारी प्रमुखमा आएका क्षेत्री र जनता बैंकमा कार्यकारी प्रमुख भैसकेका पन्त महाप्रवन्धकमा आउन तयार हुनुमा नै ठूलो षढयन्त्र रहेको चर्चा चलेको थियो ।

bizkhabar_bijaya panta
उनीहरुले बैंकको सुधार गर्न नसकेको स्वीकार गर्दै बैंकबाट राजीनामा दिएका बैंकको सञ्चालक समिति स्रोतले जानकारी दिएको छ । गत असारमा अनावश्यकरुपमा करिब २ अर्ब रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेपछि बैंकलाई झन समस्या परेको छ । नयाँ व्यवस्थापनले दूरदृष्टिकोण नराखेका कारण बैंकमा एकपछि अर्को समस्या आएको भन्दै सञ्चालक समितिमा तीब्र बिबाद हुँदै आएको थियो । कार्यकारी प्रमुख क्षेत्रीले ठूलो परिमाणमा कर्जा नोक्सानी व्यवस्था गरेको परिणाम के हुन्छ भन्ने विश्लेषण नगरी जथाभावी कर्जा नोक्सानी व्यवस्था गरेपछि बैंकमा सरकारी संस्थानहरुको निक्षेप ल्याउन अप्ठेरो परेको थियो । खराव कर्जा ह्वात्तै बढ्यो । बैंकको पुँजीकोष एक्कासी ह्वात्तै घट्यो भने यही बाहनामा राष्ट्र बैंकले शीघ्र सुधारात्मक कार्बाही पीसीए लगायो ।
यसअघि सञ्चालक र व्यवस्थापनबीच ठूलो विवाद भएपछि दुबै पक्ष बैंकको व्यवस्थापन जिम्मा लिइदिन राष्ट्र बैंक पुगेका थिए । राष्ट्र बैंकले व्यवस्थापन लिन अस्वीकार गरेपछि बैंकका सहायक महाप्रवन्धक राजेन्द्र श्रेष्ठलाई निमित्त कार्यकारी प्रमुख बनाएर असूलीमा ध्यान दिने र आगामी पुससम्ममा असूलीमा बढोत्तरी, कर्जा बिक्री, मर्ज वा अन्य उपायबाट पुँजीकोष सकारात्मक बनाउने सहमति भएको छ । असोजसम्ममा पनि क्षेत्रीको व्यवस्थापनले कर्जा असूलीमा ठोस सुधार गरेको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL