Logo

कोरोनाभाइरस संंक्रमण : मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो, संक्रमितको संख्या १० लाख १५ हजार (अपडेट)

कोरोनाभाइरस संंक्रमण : मृत्यु हुनेको संख्या ५३ हजार नाघ्यो, संक्रमितको संख्या १० लाख १५ हजार (अपडेट)



काठमाडौं । कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । कोरोनाकै कारण विश्वभरमा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ ।

laxmi

वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वभरमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५३ हजार १ सय ९१ पुगेको छ । भने कोरोना संक्रमणको संख्या १० लाख १५ हजार ४ सय ४७ पुगेको छ ।

त्यस्तै कोरोनाभाइरस संक्रमित २ लाख १२ हजार २ सय २९ जना निको भईसकेका छन् । कोरोनाका कारण सबैभन्दा बढी अमेरिकामा प्रभाव परेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार नाघेको छ । भने मृत्यु हुनेको संख्या ६ हजार ७५ पुगेको छ । बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ५ सय ३०, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ र बेल्जियममा १८३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म इटलीमा १३ हजार ९ सय १५, स्पेनमा १० हजार ९६, अमेरिकामा ५ हजार ६ सय ३२, फ्रान्समा ४ हजार ५ सय ३ र चिनमा ३ हजार ३ सय १८ जनाको मृत्यु भइसकेको छ । चिनमा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमीत भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै, युरोपेली मुलुक बेल्जियमा कुल मृतकको संख्या १ हजार ११, नेदरल्यान्डमा १ सय ३ सय ९ जनाको मृत्यु भएको छ । यता, इरानमा ३ हजार १ सय ६० जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमित हुनेहरुको संख्या २ लाख ३६ हजार २ सय २१ पुगेको छ भने इटाली र फ्रान्समा क्रमसः १ लाख १५ हजार २ सय ४२ र १ लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् ।

बिहीबार एकैदिनमा विश्वभर सो रोगको संक्रमणबाट ४ हजार २ सय ५९ जनाको मृत्यु भएको छ भने एकैदिन ६४ हजार ४ सय ७४ जना नयाँ संक्रमित फेला परेका छन् ।

कुल संक्रमितमध्ये उपचारपछि निको हुनेको संख्या २ लाख १० हजार ५ सय रहेको छ । उपचाररत ७ लाख ४० हजार ३ सयमध्ये ३७ हजार ७ सय जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्
MBL