Logo

भूकम्पपीडित किसानलाई निःशूल्क धानको बिऊ, सहुलियतमा रासायनिक मल

भूकम्पपीडित किसानलाई निःशूल्क धानको बिऊ, सहुलियतमा रासायनिक मल


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता
१० जेठ, काठमाडौं । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका किसानलाई सरकारले निःशूल्क रूपमा धानको बिऊ उपलब्ध गराउने भएको छ । भूकम्पका कारण किसानले भण्डारण गरेको बिऊ समेत क्षती भएकोले कृषि मन्त्रालयले प्रभावित क्षेत्रका किसानलाई निःशूल्क बिऊ दिने तयारी गरेको हो । सिफारिस जात नाम दिइएको उक्त बिऊलाई मन्त्रालयको स्थानीय स्तरमा रहेको सेवा केन्द्रमार्फत वितरण गरिने सह प्रवक्ता शङ्कर सापकोटाले बताए । उनका अनुसार सरकारले प्रभावित किसानका लागि ४ सय २३ मेट्रिक टन अर्थात् ४ करोड ३३ लाख रूपैयाँ बराबरको धानको बिऊ निःशुल्क उपलब्ध गराउनेछ ।

मन्त्रालय मातहतका विभिन्न संरचना मार्फत आगामी दुई हप्ताभित्र किसानलाई निःशूल्क बिऊ उपलब्ध गराउने सरकारको तयारी छ । त्यस्तै सरकारले किसानको समस्यालाई मध्यनजर गर्दै यस बर्ष सहुलियत रूपमा रासायनिक मल उसमेत उपलब्ध गराउने भएको छ । प्रभावित जिल्लालाई केन्द्रित गरी भारत सरकारसँग रासायनिक मल आयात गर्ने विषयमा छलफल भइरहेको सापकोटाले बताए । ‘परराष्ट्र मन्त्रालय मार्फत सहुलियत रूपमा १ लाख मेट्रिक टन रासायनिक मल उपलब्ध गराउन भारत सरकारसँग छलफल भइरहेको छ’ उनले भने ।   यद्यपी सहुलियतमा दिइने भनिएको मलको मुल्य भने मन्त्रालयले तोकिसकेको छैन । ‘यो अन्य अवस्थामा बिक्रि वितरण हुने मल भन्दा निकै सस्तो हुनेछ’ उनले भने ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL