Logo

सम्पदा बस्ती अध्यन गर्न १ करोड २० लाख, पुनर्निमाणका लागि ३० करोड विनियोजन

सम्पदा बस्ती अध्यन गर्न १ करोड २० लाख, पुनर्निमाणका लागि ३० करोड विनियोजन



काठमाडौं । भुकम्पबाट क्षतीग्रस्त ६ ओटा सम्पदा बस्ती अध्ययनका बजेट विनियोजन भएको छ ।

laxmi

काठमाडौं उपत्यकाभित्रका ३ र उपत्यका बाहिरका ३ ओटा बस्ती अध्ययनका लागि १ करोड २० लाख रुपैयाँ र पुनर्निर्माणका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

प्रत्येक बस्ती अध्ययनका लागि २० लाख रुपैयाँ तथा पुनर्निर्माणका लागि यस आर्थिक वर्षभित्र प्रत्येक बस्तीका लागि ५ करोड रुपैयाँ बजेट निकासा गरिएको हो ।

काठमाडौं उपत्यकाभित्रका खोकना, बुङमती र साँखुका परम्परागत सम्पदा बस्तीका स्मारक, पाटी, धारा तथा अन्य संरचना पुनर्निर्माणका लागि बजेट विनियोजन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक नवराज प्याकुरेलले जानकारी दिएका छन ।

उपत्यकाबाहिर नुवाकोटको साततले दरबार स्क्वायर परिसर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको दोलखा बजार लगायतका रहेको प्याकुरेलले बताए ।

भूकम्पबाट क्षतीग्रस्त सातवटा विश्व सम्पदा सूचीमा परेका क्षेत्रहरुको संरक्षण तथा विकास कार्यको अध्ययनका लागि समेत छुट्टै बजेट विनियोजन गरिएको छ । यस कार्यक्रम अन्तरगत प्रत्येक क्षेत्रको अध्ययनका लागि २० लाख र विकास कार्यका लागि यस आर्थिक वर्षभित्र ५ करोड बजेट परिचालन हुनेछ ।

कार्यक्रमअन्तरगत पशुपति क्षेत्र, चांगुनारायण मन्दिर, स्वयम्भुनाथ र बौद्ध स्तुपा क्षेत्रको विकास कार्य हुनेछ ।

वजेट विनियोजनसँगै अध्ययन कार्य तत्काल गरी अध्ययनको प्रतिवेदन आए पछि निर्माण कार्य थालिने समेत प्याकुरेलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL