Logo

३ महिना वितिसक्दा पनि अन्यौलमै मेलम्ची खानेपानी आयोजना, मन्त्रीको सिएमसीलाई फर्काउने चलखेलले करोडौं घाटा

३ महिना वितिसक्दा पनि अन्यौलमै मेलम्ची खानेपानी आयोजना, मन्त्रीको सिएमसीलाई फर्काउने चलखेलले करोडौं घाटा



काठमाडौं । ठेकेदार कम्पनीले निर्माणकार्य छाडेको झण्डै ३ महिना वितिसक्दा पनि मेलम्ची खानेपानी आयोजना अन्यौलमै रहेको छ । आयोजना अलपत्र पारेर इटालियन कम्पनी सिएमसी भागे पछि मन्त्रालयले उपयुक्त निर्णय दिन नसक्दा अन्यौल बढ्दै गएको हो ।

laxmi

पछिल्लो समयमा आयोजनाले भने आफ्नो तर्फबाट काम अगाडी बढाउन तयारी अवस्थामा रहेको आयोजना प्रमुख सुर्यराज कंडेलले जानकारी दिएका छन । उनका अनुसार अहिले मन्त्रालयले केही कागजपत्रहरु अध्ययनको क्रममा रहेकाले काम ढिला भएको हो ।

खानेपानी मन्त्रालयमा नयाँ सचिव दिपेन्द्र नाथ शर्मा आएपछि अहिलेसम्म भएका गतिविधिको अध्ययन भईरहेकाले काम ढिला भएको आयोजनाले जानकारी दिएको छ । केही समय अगाडी खानेपानी मन्त्री विनामगरले पुरानै ठेकेदार सिएमसीलाई नै फर्काउन पहल गरिने बताए पछि आयोजना झनै अलमलमा परेको आयोजना प्रमुख कंडेलको भनाई रहेको छ ।

‘२ पैसा नहुने कम्पनी ल्याएर काम छैन,’ कंडेलले भने, ‘त्यस्ता कम्पनी जो आफ्नो देशबाट १ डलर ल्याएर खर्च गर्न सकिँदैन भने त्यस्ता कम्पनीलाईनै ल्याउनुको कुनै तुक छैन ।’ हामीले हेर्ने भनेको कामको आधारमा ल्याउने हो, पुरानै ठेकेदार सिएमसीलाई ल्याउँदा हामीले धेरै रकम दिनु पर्ने हुन्छ जुन सम्भव छैन कंडेलले भने ।

तर मन्त्री मगर भने सिएमसीलाई नै फर्काउन लागि परेका छन् । पछिल्लो समयमा सिएमसीलाई फर्काउन कागजपत्र नबनाएको भन्दै सचिव गजेन्द्र ठाकुरलाई सरुवा गरेका थिए । अहिले सोही स्थानमा शर्मा आएका छन । ‘शर्माले अध्यन गरे पछि कस्तो निर्णय दिने हो हामी त्यही निर्णयको पर्खाइमा छौं,’ कंडेलले विजखबरसँग भने ।

मेलम्चीलाई अघि बढाउन आफुहरु तयारी अवस्थामा रहेपनि लामो समयसम्म मन्त्रालयले निर्णय नगर्दा अन्यौलमा परेको आयोजनाले जानकारी दिएको छ । मन्त्रालयको निर्णय नआएसम्म आयोजनाले कुनै पनि काम गर्न सक्ने अवस्थामा छैन ।

‘हाम्रो तयारी भनेको आयोजनालाई पुनः टेण्डर गरेर अगाडी बढाउने हो,’ उनले भने, तर मन्त्रालयले पुरानै ठेकेदार ल्याउनेहोकी भन्ने शंका लागिरहेको छ ।’ पुरानै ठेकेदार आए समयमै मेलम्चीको पानी काठमाडौंबासीलाई वितरण गर्न नसकिने समेत आयोजनाको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL