Logo

पाँच वर्षमा २१ लाख विदेशिए, सवैभन्दा बढी मलेशिया

पाँच वर्षमा २१ लाख विदेशिए, सवैभन्दा बढी मलेशिया


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२२ चैत, काठमाडौं । पछिल्लो सयम नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम उच्च रुपमा बढेको छ । पछिल्लो ५ वर्षमा झण्डै २१ नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६७/६८ यता नेपालबाट २० लाख ८५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएका छन् । जसमा १९ लाख ७९ हजार पुरुष कामदार वैदेशिक रोजगारीमा गएका छन् भने १ लाख ५ हजार महिना कामदार रहेका छन् ।

पछिल्लो समय महिला कामदार पनि वैदेशिक रोजगारीमा जाने क्रम बढेको तथ्याङ्कले देखाउँछ । विभागको तथ्याङ्क अनुसार आव २०६३/६४ मा जम्मा ८ सय जना महिला कामदार मात्र वैदेशिक रोजगारीमा गएका थिए । तर, आव २०६८/६९ मा १० हजार ४ सय १६ जना महिला कामदार वैदेशिक रोजगारीमा गएका थिए । त्यसैगरी गत आवमा २८ हजारभन्दा बढी महिला कामदार वैदेशिक रोजगारीमा गएका विभागको तथ्याङ्कमा उल्लेख छ ।

dofe-data

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बर्षेनी बढ्दै गएको छ । आव २०७६/०६८ मा नपालबाट साढे ३ लाख कामदार वैदेशिक रोजगारीमा गएका थिए । तर, आव २०७०/७१ मा आइपुग्दा ५ लाख २७ हजार कामदार वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी, चालू आवको ८ महिनामा मात्र ३ लाख ६४ हजारभन्दा बढी कादमार वैदेशिक रोजगारीमा गइसकेका छन् ।

सो अवधिमा सवैभन्दा बढी कामदार मलेशियाको रोजगारीमा पुगेका छन् । ५ वर्षको अवधिमा ७ लाख २९ हजार नेपाली कामदार मलेशियाको रोजगारीमा पुगेका छन् । नेपाल सुहाउँदो हावापानी र कम्पनी भित्रको काम पाइने भएकाले पनि मलेशियामा नेपाली कामदार जाने क्रम बढेको म्यानपावार व्यवसायीहरु बताउँछन् । यसैगरी नेपाली म्यानपावर व्यवसायी पनि मलेशियाबाट भिसा ल्याउन सजिलो हुने भएकाले त्यसतर्फ आकर्षित भएको बताउँछन् ।

नेपालबाट दोस्रो बढी कामदार जाने देशमा कतार रहेको छ । ५ वर्षको अवधिमा ५ लाख २५ हजार नेपाली कामदार कतारको रोजगारीमा पुगिसकेका छन् । अदक्ष कामदारका लागि कतारको रोजगारी आकर्षक गन्तव्य मानिँदै आएको छ ।

साउदीमा अवरमा हालसम्म ४ लाख नेपाली कामदार पुगेका छन् भने संयुक्त अरव इमिरेट्समा २ लाख ४९ हजार कामदार रोजगारीका लागि गएको विभागको तथ्याङकले देखाउँछ । नेपाली कामदारको पाँचौं रोजाइमा कुवेत रहेको छ । कुवेतमा हालसम्म ८३ हजार कामदार रोजगारीका लागि गएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL