Logo

तामाकोसीका मजदुर अझै आन्दोलनमा , उचित विकल्प नदिएसम्म काममा नर्फकिने

तामाकोसीका मजदुर अझै आन्दोलनमा , उचित विकल्प नदिएसम्म काममा नर्फकिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
९ चैत,काठमाडौं । दोलखावासीका लागि आह्वान गरिएको १० प्रतिशत सेयर अनिश्चितकालका लागि स्थगित भएसँगै स्थानीयवासीले आन्दोलन स्थगित गरेका छन् । तर माथिल्लो तामाकोसी आयोजनामा कार्यरत मजदुरहरूले भने आन्दोलन अझै जारी राखेका छन् । स्थानीयबासीको आन्दोलन फिर्ता भए पनि मजदुरहरूको आन्दोलन भने यथावत रहेको छ ।

laxmi

upper tamakoshi

मजदुरहरुलाई थोरै भए पनि सेयरको व्यवस्था नभएसम्म आन्दोलन स्थगित नगर्ने मजदुर नेता रोशन खड्काले जानकारी दिए ।

upper atamakoshi 1

आयोजनासँग भएको बार्ता पटक पटक विफल हुनुमा आयोजना दोषी भएको बताए । साथै उचित विकल्प नदिएसम्म काममा नफर्कने बताएका छन् । मजदुरहरुले आयोजना प्रमुख विज्ञान श्रेष्ठको कार्यक्षमताप्रति समेत प्रश्न उठाउँदै आएका छन् । आयोजनाका प्रवक्ताले आफूहरूसँग वार्ता गरेपनि ठोस निर्णय ननिस्किएकोले आयोजना प्रमुख श्रेष्ठ आयोजनास्थलमा आउनुपर्ने माग गरेका छन् । यस्तै आयोजना प्रमुख श्रेष्ठले राजीनामा दिनुपर्नेसमेत आवाज उठाइरहेका छन् ।

यता आयोजकले सेयर वितरण तत्काल रोक्ने प्रतिवद्धता जनाएसँगै आयोजनाका प्रभावित गाविसहरूले गर्दै आएको आन्दोलन भने स्थगित भएको छ । अर्को निर्णय नभएसम्मका लागि फिर्ता गरिएको हो । स्थानीय समन्वय समितिको निर्णयअनुसार थप सेयर पाउनुपर्ने भन्दै बिगत एक सातादेखि उनीहरुले आन्दोन गर्दै आएका थिए । जिल्ला समन्वय समितिले उत्तरी क्षेत्रका पाँच गाविसलाई १५ प्रतिशत साधारण सेयरबाट हुन आउने २५ प्रतिशत थप सेयर दिने निर्णय भएको थियो ।

upper tamakoshi

दोलखाको लामा बगरमा निर्माण भइरहेको सो आयोजना ४ सय ५६ मेगावाट विद्युत क्षमताको छ । विगत ८ दिनदेखि बन्द आयोजना निर्माता सिनो हाइड्रोभित्र कार्यरत मजदुरहरूले पाँच सय कित्ता सेयर माग गर्दै आएका छन् । कम्पनीको प्रबन्धपत्रमै मजदुरहरूलाई सेयरको व्यवस्था नगरिएकाले उनीहरूको माग पुरा गर्न नसकिने आयोजना पक्ष बताउछन् ।

आयोजनाले शनिबार एक विज्ञप्ति जारी गरी तत्काल आन्दोलन छोडी वार्ता मार्फत समस्या समाधान गरी काममा फर्कन अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL