Logo

१८ औं फ्लोरा एक्स्पो शुरु, मन्त्री भन्छन् ‘व्यवसायीको समस्या समाधान गर्न सरकार तयार छ’

१८ औं फ्लोरा एक्स्पो शुरु, मन्त्री भन्छन् ‘व्यवसायीको समस्या समाधान गर्न सरकार तयार छ’


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

काठमाडौं । १८ औं फ्लोरा एक्स्पो शनिवारदेखि सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको एक्स्पोको कृषि तथा सहकारी मन्त्री हरी पराजुलीले उद्दघाटन गरे । सो अवसरमा मन्त्री पराजुलीले कृषिलाई व्यवसायिकरण गर्न आवश्यक रहेको बताए ।
साथै यसको प्रवद्र्धनका लागि नेपाल सरकार तत्पर रहेको बताए । ‘सरकार सहयोग गर्न इच्छुक छ’, उनले भने ‘तर यसका लागि कृषकहरुले आफ्ना समस्या तथा विचार हामीलाई सुनाउनु आवश्यक छ ।’

नेपाल दिनदिनै पुष्प व्यवसायमा आत्मनिर्भर हुँदै गएकोमा खुसी लागेको बताए । तर पुष्प व्यवसायमा आएका समस्याका बारेमा व्यवसायीहरुले केही नभनेकोमा गुनासो गरे । क्षेत्रमा के समस्या छन् भनेर जान्ने हामीसँग दिव्यज्ञान छैन उनले भने त्यसैले व्यवसायी तथा कृषकहरु समस्या समाधानका लागि आफै मन्त्रालय आउनुपर्छ ।

सो अवसरमा मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले पुष्प व्यवसायमा अध्ययनको आवशयकता रहेको बताए । साथै मन्त्रालय पुष्प व्यवसायको बजारीकरणको समेत सहयोग गर्न तयार रहेको जानकारी दिए ।

आयोजक फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष लोकनाथ गैरेले एशोसिएसन नेपाललाई पुष्प व्यवसायमा आत्मनिर्भर बनाउन उत्पादन क्षमता बृद्धि गर्ने काममा जुटिरहेको बताए । साथै पुष्प आयात विस्तारै कम हुँदै गएको दावी गरे ।
तर आयातलाई पूर्ण रुपमा प्रतिष्थापन गर्न भने नसकिएको उनले जानकारी दिए ।

हामी विस्तारै फूलमा आत्मनिर्भर भएर विदेश समेत निर्यात गर्ने सोचमा छौ उनले भने । यसका लागि विदेशका आयतकर्ता र नेपालका निर्यातकर्ताबीच छलफल गर्ने उनले जानकारी दिए ।
एक्स्पोमा व्यवसायिक स्टल ६५ वटा, सूचनामुलक १० वटा र फूल बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल ३ वटा सहित गरी जम्मा ७८ वटा प्रदर्शनी कक्ष रहेका छन् । मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, विभिन्न विउ विजनलगायत प्रदर्शन गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL