Logo

दुर्घटनाग्रस्त विमान पार्किङतिर लगिदै, विमानस्थल खुल्न अझै समय लाग्ने

दुर्घटनाग्रस्त विमान पार्किङतिर लगिदै, विमानस्थल खुल्न अझै समय लाग्ने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

२३ फागुन,काठमाडौं । त्रिभुवन विमानस्थल सुचारु हुन अझै केही समय लाग्ने भएको छ । विमानस्थल बेलुका ५ बजेदेखि सुचारु हुने भनिएपनी जहाज मर्मतमा समय लागेपछी सुचारुमा ढिलाई हुने भएको हो ।

दुर्घटनाग्रस्त विमानलाई पार्किङमा पुर्याएपछी विमानस्थल खुल्ने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ । अहिले त्रिभुवन विमानस्थलको धावनमार्गमा टर्किस एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजलाई तान्न थालिएको छ । जहाजलाई धावनमार्गबाट तानेर पार्किङ तर्फ लैजान लागिएको हो ।

विमानलाई पार्किङमा पुर्याए लगतै विमानस्थल सुचारु हुने बताइएको छ । कार्यालयले बेलुका ५ बजे विमानस्थल सुचारु हुने भनिएपनी मर्मतमा समय लागेकोले विमानस्थ्ल ६ बजेसम्म बन्द हुने सुचना जारी गरिएको थियो । विमान पार्किङमा लगेपछी पनि अन्तरराष्ट्रिय विमान आउन भने समय लाग्ने कार्यालयका एक अधिकारीले जानकारी दिए ।

नागरिक उड्डयन प्राधिकरणले भने दिउँसो २ बजेपछी अन्तरराष्ट्रिय उडान सुरु गरिने बताएको थियो । प्राधिकरणले शनिवार पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिएको हो । ‘दिउँसो दुई बजेसम्म विमानलाई पाकिङस्थलसम्म पुर्याउछौं, त्यसपछी उडान सुचारु हुन्छ’ नागरिक उड्डयन प्राधिकरणका महाप्रवन्धक रतिशचन्दै लाल सुमनले भने । तर विमान मर्मतका लागि अझै समय लाग्ने भएकोले २ बजे नै उडान सुचारु गर्न असम्भव रहेको कार्यालयले जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL