Logo

अर्थमन्त्रीको बिरोधमा उत्रिए सेयर लगानीकर्ता, भन्छन् ५० हजारलाई रोजगारी दिने कसरी अनुत्पादक ?

अर्थमन्त्रीको बिरोधमा उत्रिए सेयर लगानीकर्ता, भन्छन् ५० हजारलाई रोजगारी दिने कसरी अनुत्पादक ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दैनिक रुपमा सेयर बजार उच्च रुपमा घट्न थालेसँगै सेयर लगानीकर्ता संघले विज्ञप्ती जारी गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाको बिरोध गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजार अनुत्पादक भनेर दिएको अभिव्यक्तिले बजारमा नकारात्मक असर परेको भन्दै उनीहरुले बिरोध गरेका हुन् ।
पछिल्लो समय जलबिद्युत अयोजना तथा अन्य क्षेत्रको पूँजी जुटाउने माध्यमको रुपमा रहेको सेयर बजारलाई अर्थमन्त्री खतिवडाले डुबाउन खोजेको उनीहरुको आरोप थियो । संविधानत ३ खम्बे अर्थनीति लिएकोमा जसको प्रमुख सारथी निजी क्षेत्रको सहयोगबिना विकास सम्भव नहुँने भन्दै बैकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधान गर्न आग्रह गरेको छ ।

करिब २० लाख सर्वसाधारण लगानीकर्ताको लगानी रहेको १६ अर्ब रुपैयाँको पूँजी बजारलाई अर्थमन्त्रीले निरुत्साहित पार्न खोजेको भन्दै यसबाट सरकारले आर्थिक रुपमा सफलता हासिल गर्न नसक्ने समेत उनीहरुको भनाई थियो । मार्जिङ लेण्डिङमा नियामक निकायले पटक पटक लिने गरेको अव्यवहारिक निर्णय गर्दा पनि पूँजी बजारमा समस्या आउने गरेको उनीहरुको तर्क छ ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL