Logo

आजबाट सुरु हुँदैछ निःशूल्क मृगौला प्रत्यारोपण, हर्न निषेध अनि राति ८ बजेपछि मदिरा बिक्रि बन्द

आजबाट सुरु हुँदैछ निःशूल्क मृगौला प्रत्यारोपण, हर्न निषेध अनि राति ८ बजेपछि मदिरा बिक्रि बन्द


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नयाँ बर्षको पहिलो दिन वैशाख एक अर्थात आजदेखि सरकारले विभिन्न नयाँ कार्यक्रम लागु गर्ने भएको छ । सरकारले निःशूल्क मृगौला प्रत्यारोपण देखि हर्न बजाउन पूर्ण निषेध गर्ने जस्ता नयाँ नियम आजैबाट लागु हुँदैछ ।

‘नो हर्न प्लिज’

आजदेखि काठमाडौं उपत्यकामा सवारी हर्न बजाउन निषेध गरिएको छ । उपत्यकामा आकस्मिक बाहेक अन्य अवस्थामा हर्न बजाउन निषेध गरिएको हो । हालै उपत्यका भित्र गुड्ने सरकारी, पर्यटकीय, सार्वजनिक तथा निजी सवारीले यो नियम अनुसार हर्न बजाउन पाउनेछैन ।

अनावश्यक अवस्थामा हर्न बजाएको फेला परेमा ५ सय रुपैयाँ जरिवाना हुनेछ । एकपटक हर्न बजाएर गरिएको कारवाहीको रेकर्ड प्रहरीले राख्ने छ । दोश्रो पटक हर्न बजाएमा त्यसको दोव्वर अर्थात १ हजार रुपैयाँ तिर्नुपर्ने बताएको छ ।

तेस्रो पटक हर्न बजाएका १५ सय रुपैयाँ तिर्नुपर्ने र यो प्रत्येक पटक बढ्दै जाने छ ।

एम्बुलेन्स, सुरक्षाकर्मी, शव वाहन ,दमकल तथा अन्य आकस्मिक प्रयोजनका लागि प्रयोग गरिने सवारीमा भने यो नियम लागु हुदैन । निजी र सार्वजनिक सवारीले गम्भिर दुर्घटना हुने खतरा आएमा तथा सडकको एक भागबाट अर्को भाग नदेखिने अवस्थामा मात्र हर्न बजाउन पाउने छन् ।
निःशूल्क मृगौला प्रत्यारोपण

सरकारले आजदेखि निः शूल्क मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्दै छ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निशुल्क मिर्गौला प्रत्यारोपण हुने छ ।

दश सेकेण्डको एक पल्स

आजदेखि टेलिफोनको पल्स रेट समेत घट्ने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले बैशाख १ देखि लागुहुने गरी फोनको महशुल दर सस्तो बनाएको हो ।

जसअनुसार पहिलो चरणमा २०७४ बैशाख १ देखि लागु हुने गरी पिएसटिएनमा ६० सेकेन्ड, आन्तरिक मोवाइलमा १० सेकेन्ड र अन्तरराष्ट्रिय मोबाइल्मा ३० सेकेन्ड पल्स रेट लागु गरिएको हो । अहिले २० सेकेन्डको एक पल्स हुन्छ ।

यसअघि पाँच सेकेण्डमात्रै कुरा गरेपनि २० सेकेण्डको पैसा तिर्नुपर्ने अवस्था थियो भने अबदेखि १० सेकेण्डको मात्रै पैसा तिरे पुग्नेछ ।
राति ८ बजेपछि मदिरा चुरोट बिक्रीमा प्रतिबन्ध

वैशाख एक गतेदेखि राति ८ बजेपछि मदिरा र चुरोट बिक्री प्रतिबन्ध लगाइदै छ । त्यस्तै १८ बर्षभन्दा कम उमेरकाले कुनै पनि समय मदिरा र सूर्तिजन्य पदार्थ किन्न नपाउने नियम लागु हुदै छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL