Logo

नेप्से ४२ अंकले बढ्दा सवा अर्ब पुग्यो कारोवार, किन बढ्दैछ बीमा समुह

नेप्से ४२ अंकले बढ्दा सवा अर्ब पुग्यो कारोवार, किन बढ्दैछ बीमा समुह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लामो समयपछि बजारमा कारोवार रकम १ अर्ब रुपैयाँभन्दा माथी पुगको पुगेको छ । दैनिक २५ करोड रुपैयाँमा खुम्चिएको बजार आज बढेर १ अर्ब २६ करोड रुपैयाँ माथी पुगेको हो ।

बजारमा उत्पादनमुल वाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । सोमबार पनि बीमा समुहको परिसुचको बृद्धि उच्च रहयो । सो समुहको परिसुचक ५ सय ६७ अंकले बढ्न पुगेको छ । बजारमा बीमा समुहको सेयर कम रहेको र नियामक निकायले कम्पनीको चुक्त पूँजी बृद्धि गर्छ भन्ने आशमा लगानीकर्ताहरु होमिएका छन् । बजारमा बीमा समुहको सेयर कम रहेको र सामान्य हलचल हुने वितिकै उच्च रुपमा बढ्ने नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् ।

आज पनि उच्च कारोवार हुने कम्पनीहरुको सुचीमा बीमा समुह नै रहेका छन् । बीमा समुहको परिसुचक ८ दशमलव ५५ प्रतिशतले बढ्न पुगेको छ । बीमालगायत समग्र समुहका परिसुचकहरु बढ्दा नेप्से परिसुृचक ४२ दशमलव १९ अंकले उकालो लागेको छ । लामो समय १४ सय अंक मुनी रहेको नेप्से परिसुचक आज १ हजार ४ सय २४ अंकमा पुगेको छ ।

बजारमा बढी प्रभाव रहेको बैकिङ समुहको परिसुचक पनि २९ अंकले बढ्न पुगेको छ भने विकास बैंक समुह ३९ अंकले उकालो लागेको छ । लामो समय पर्ख र हेरको अवस्थामा रहेको ठूला लगानीकर्ताहरु विस्तारै बजामा प्रवेश गर्न थालेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । केही समय ठूला तथा संस्थागत लगानीकर्ताहरु बजारबाट वाहिरिएका थिए ।

सोमबार जलविद्युत समुह ४४ अंकले बढ्दा फाइनान्स १८ अंकले बृद्धि भएको थियो । बजारमा सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोवार बढी भएको छ । प्रभु बैंकको मात्र ११ करोड रुपैयाँ बरावरको सेयर कारोवार भएको देखिन्छ । यसैगरी नेशनल इन्स्योरेन्सको साढे ७ करोड रुपैयाँको कारोवार हुँदा नेशनल हाइड्रोको ६ करोड रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL