Logo

बुटवलबाट गोल्छाको उम्मेदवारी घोषणा, को–को छन् उनको टीममा ?

बुटवलबाट गोल्छाको उम्मेदवारी घोषणा, को–को छन् उनको टीममा ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बरिष्ठ उपाध्यक्ष पदका लागि शेखर गोल्छाले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक कार्यक्रमबीच बुटवलबाट पदाधिकारीको प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् ।

घोषणा सभामा महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, वर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष तथा आगामी कार्यकालका अध्यक्ष भवानी राणा तथा जिल्ला नगरका अध्यक्ष र महासंघका थुप्रै कार्यसमिति सदस्यरुको उपस्थिती रहेको थियो ।

golchha

उनको प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट्स उपाध्यक्षमा चन्दप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । तामझाका साथ उम्मेदवारी घोषणा गरिएको सो कार्यक्रममा हेलिकप्टर र प्लेन चार्टर गरेर जिल्ला तथा नगर अध्यक्ष तथा अन्य पदाधिकारी उतारिएको थियो । गोल्छा प्यानलबाट कोषाध्यक्षमा भने ज्ञानेन्द्रलाल प्रधानलाई अघि साएिको छ ।

आसन्न निर्वानका लागि बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधानले भने यस अघि नै विराटनगरबाट आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको समुहबाट जिल्ला तथा नगरमा प्रमोद श्रेष्ठ र बस्तुगतमा शंकरप्रसाद पाण्डे रहेका छन् । तर, एशोसिएट्सतर्फको भने घोषणा भएको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL