Logo

व्यापारयुद्धबीच पनि चीनको निर्यात अप्रिलमा ८.१ प्रतिशतले बढ्यो, दुई देशबीच वार्ताको तयारी

व्यापारयुद्धबीच पनि चीनको निर्यात अप्रिलमा ८.१ प्रतिशतले बढ्यो, दुई देशबीच वार्ताको तयारी



काठमाडौं । चीनको निर्यात अप्रिल महिनामा गत वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशतले वृद्धि भएको छ भने आयात ०.२ प्रतिशतले घटेको छ। शुक्रबार सार्वजनिक गरिएको भन्सार तथ्यांकअनुसार दुबै पक्षमा अनुमानभन्दा राम्रो नतिजा देखिएको हो।

हालै गरिएको एक सर्वेक्षणअनुसार चीनको निर्यातमा १.९ प्रतिशत वृद्धि हुने र आयातमा ५.९ प्रतिशत गिरावट आउने अनुमान गरिएको थियो। मार्च महिनामा भने निर्यात १२.४ प्रतिशतले बढेको थियो, जब चिनियाँ कारखानाहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लागू गरिएका १ सय ४५ प्रतिशत भन्सार महसुल लागू हुनु अघि सामानहरू पठाउने तयारी गरेका थिए। सो महिनामा आयातमा ४.३ प्रतिशत गिरावट आएको थियो।

अमेरिकी भन्सार महसुलको जवाफस्वरूप चीनले पनि अमेरिकी वस्तुहरूमा आफ्नो महसुल १ सय २५ प्रतिशतसम्म पुर्‍याएको छ। दुवै देशबीच चलिरहेको यो व्यापार युद्धले चीनको निर्यात क्षेत्रलाई असर पुयाउने खतरा बढाएको छ, जुन देशको महामारीपछिको कमजोर आर्थिक पुनःउत्थानमा एक मात्र बलियो पक्ष मानिँदै आएको थियो।
यसैबीच, दुवै देशका अधिकारीहरू व्यापार वार्ताका लागि यो सप्ताहन्त स्विट्जरल्याण्डमा भेटघाट गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्