Logo

निक इलेक्ट्रो टेक २०१६को आकर्षण, ट्रान्सवेल्डको पोल सहितको ट्रान्सफर्मर

निक इलेक्ट्रो टेक २०१६को आकर्षण, ट्रान्सवेल्डको पोल सहितको ट्रान्सफर्मर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । शुक्रबारदेखि भृकुटीमण्डपमा शुरु भएको निक इलेक्ट्रोटेक २०१६ मा ट्रान्सफर्मर निर्माता कम्पनी ट्रान्सवेल्डको पोल (खम्बा) सहितको ट्रान्सफर्मर आकर्षक बन्न पुगेको छ । ट्रान्सफर निर्माण प्रक्रियादेखि आकर्षक रुपमा जडान गरिएको उक्त ट्रान्सफर्मर अवलोकन कर्ताको आकर्षण बनेको हो । नेपालमै कसरी ट्रान्सफर्मर बन्छ भन्ने जानकारी दिने उद्देश्य अनुरुप कम्पनीले सोका लागि आवश्यक कच्चा पदार्थदेखि तयारी सामान उक्त मेलामा पर्दशनीमा राखेको छ ।
transweld

नेपाली ट्रान्सफर्मर निर्माता कम्पनी ट्रान्सवेल्डले विभिन्न १८ प्रकारकार ट्रान्सफर्मर निर्माण गर्दै आएको छ । जसमा १५ केभीएदेखि २ हजार केभीएसम्मका रहेका छन् । सामान्य खालका प्रयोगदेखि ठूला हाउजिङ, अपार्टमेन्ट तथा जलविद्युत आयोजनालाई लक्षित गरी पछिल्लो समय २ हजार केभीएसम्मका ट्रान्सफर्मर उत्पादन गर्न थालिएको कम्पनीको प्रवन्ध निर्देशक अमुल श्रेष्ठ बताउँछन् ।
transweld_1600

हाल कम्पनीले १६०० केभीएको ट्रान्सफर्मरको सफल परिक्षण गरी संचालनमा ल्याएको छ । जसलाई प्रर्दशनीमा समेत राखिएको छ । देशको आवश्यकता अनुसार ट्रान्सफर्मर उत्पादन गर्दै जाने लक्ष्य अनुरुप कम्पनीले पछिल्लो समय ठूला केभीएको उत्पादन शुरु गरेको हो । १ हजार केभीएसम्मका उत्पादन गर्दै आएकोमा देशको पुनर्निर्माण तथा बढ्दो जलविद्युत आयोजना निर्माणलाई लक्षित गरी २ हजार केभीएसम्मका उत्पादन गर्न थालिएको श्रेष्ठ बताउँछन् । देशको माग अनुसार ५ हजार केभीएसम्मका ट्रान्फरर्मर उत्पादनको तयारी थालिएको समेत उनको भनाइ छ ।

मासिक १ सय थान ट्रान्सफर्मर उत्पादन क्षमता रहेको कम्पनीले देशको माग अनुसार आफ्नो क्षमता बृद्धि गर्दै जाने बताएको छ । बजारमा पछिल्लो समय आफ्ना उत्पादनको माग बढेको र सोही अनुरुप क्षमता विस्तार गरिएको समेत उनको भनाइ छ । ‘ट्रान्सवेल्डको मुख्य विशेषता भनेकै गुणस्तर र सयममै डेलिभरी हो,’ उनले भने, ‘हाम्रो उत्पादनका बारेमा बजारबाट राम्रो प्रतिक्रिया आएकै कारण उत्पादनलाई अझ विस्तार गरेका हौं ।’

हाल कम्पनीका उत्पादनहरु, ठूला हाउजिङ, अपार्टमेन्ट, विदेशी कुटनीतिक नियोग, अस्पताल तथा सपिङ कम्प्लेसक्सहरुमा प्रयोग हुँदै आएका छन् । आफ्ना उत्पादनलाई देशभर पुर्याउने लक्ष्य अनुरुप क्षमता विस्तार तथा सोही अनुरुप बजारिकरण गरिरहेको समेत उनको तर्क छ । ‘अव हाम्रो लक्ष्य भनेको नेशनल विडिङमा जाने हो,’ उनले भने, ‘त्यसका लागि हामीले तयारी पुरा गरिसकेका छौं ।’ यदि आगामी दिनमा सरकारले चाहेको खण्डमा नेपाली कम्पनीले देशमा आवश्यक पर्ने ट्रान्सफर्मर दिनका लागि तयार रहेको समेत उनको दावी छ ।

हाल कम्पनीले ट्रान्सफर्मर निर्माण देखि जडानका काम समेत गर्दै आएको छ । कम्पनीले आफुलाई अन्य कम्पनीको तुलनामा अग्रपंतीमा राख्नका लागि विदेशी प्रविधी आयात गरी उत्पादन शुरु गरेको छ । जसबाट क्षमता विस्तारका साथै गुणस्तरीय ट्रान्सफर्मर उत्पादन हुने कम्नपीको दावी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL