Logo

प्याक्टले माइक्रो ग्राण्डको प्रारम्भिक नतिजा ल्यायोे, १५ सय आयोजना छानिँदै, डेढ अर्व वितरण गरिने

प्याक्टले माइक्रो ग्राण्डको प्रारम्भिक नतिजा ल्यायोे, १५ सय आयोजना छानिँदै, डेढ अर्व वितरण गरिने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

laxmi

११ पुस, काठमाडौं । व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले माइक्रो ग्राण्डको प्रारम्भिक नजिता निकालेको छ । हाल कार्यालय प्रयोजनका लागि सवै प्रायजसो जिल्लाबाट प्रारम्भिक नजिता आएको र केही समयभित्रै पूर्ण रुपमा नतिजा प्रकाशित गरिने प्याक्टका आयोजना दिर्नेशक योगेन्द्रकुमार कार्कीले बताए । ‘हाल कार्यक्रम लागु भएका प्रायजसो जिल्लाको अवधारणपत्र जाँच गरेर नतिजा ल्याइसकेका छन्,’ उनले भने, ‘किसानहरुले जुन जिल्लाबाट अवधारण पत्र पेश गरेका छन् सोही जिल्लाका कृषि र पशुसेवा कार्यालयले नतिजा प्रकाशित गर्नेछन् ।’

प्रारम्भिक नतिजा अनुसार १ हजार ५ सय जना कृषिकहरुले आयोजना पाउने भएका छन् । लक्ष्यभन्दा बढी अवधारणापत्र परेकाले सहभागि भएका कृषिमध्ये उत्कृष्ट सवैलाई आयोजना दिन लागिएको कार्की बताउँछन् । ‘हामीले बढीमा ५ सय कृषकलाई यस आयोजनामा सहभागी गराउने उद्देश्यले कार्यक्रम ल्याएका थियौं,’ उनले भने, ‘काम गर्नका लागि ३ हजार २ सयभन्दा बढीले अवधारणापत्र पेश गरेकाले छानिएका सवैलाई दिने तयारी गरेका छौं ।’

प्याक्टले शुरुमा ५ सय परियोजनलाई प्रति आयोजनालाई अधिकतम १० लाख रुपैयाँका दरले ५० करोड रुपैयाँ वितरण गर्ने बताएको थियो । हाल आयोजना बढेपनि सोही अनुरुपमा पैसा दिनका स्रोत जुटाइसकेको कार्की बताउँछन् । ‘बढी परियोजना परेपछि विशेष प्राथमिकता दिएर बजेट बृद्धि गर्नका लागि विश्व बैंकसँग छलफल गरेका थियौं,’ उनले भने, ‘बजेट बृद्धि गर्नका लागि विश्व बैंक पनि तयार भएको छ ।’

माइक्रो ग्राण्डमा बढी आयोजना छनौट भएभन्दा पनि कतिले काम गर्छन भन्ने विषयमा भर पर्ने कार्कीको भनाइ छ । ‘हाल प्रति आयोजना १० लाख रुपैयाँ माग गरेर अवधारण पत्र पेश गरेका छन्,’ उनले भने, ‘काम गरेका आधारमा मात्र पैसा पाइने भएकाले बढीमा एउटा परियोजनाका लागि ६ लाख भन्दा बढी खर्च हुनेछैन ।’ साथै, तरकारी खेतीका लागि अवधारण पत्र पेश गर्नेका लागि बढीमा ३ लाख रुपैयाँभन्दा बढी नलाग्ने समेत प्याक्टले बताएको छ । हाल पेश भएका अवधारण पत्र अनुसार डेरी, मासुजन्य उद्योग तथा आयोजना मात्र बढी रकम खर्च हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL