Logo

नयाँ ब्रोकरले भेटे एमाले अध्यक्ष ओली, भन्छन्–हाम्रो तर्फबाट पूर्ण समर्थन रहन्छ

नयाँ ब्रोकरले भेटे एमाले अध्यक्ष ओली, भन्छन्–हाम्रो तर्फबाट पूर्ण समर्थन रहन्छ



काठमाडौं । न्यु स्टक ब्रोकर एसोसिएसन नेपालका प्रतिनिधिले नेकपा एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन् । आईतबार नयाँ स्टक ब्रोकरको लाइसेन्स रोक्काका लागि अर्थसमितिले गरेको निर्णय विरुद्ध उभिन आग्रह गर्दै नयाँ ब्रोकर कम्पनीका प्रतिनिधिले ओलीलाई भेटेका हुन् ।

laxmi

भेटमा नयाँ स्टक ब्रोकरका प्रतिनिधिहरुले केपी ओलीसमक्ष पाँच पेज लामो ज्ञापनपत्रसमेत बुझाएका छन् । उक्त ज्ञापनपत्रमा अर्थसमितिमा भएका एमालेका सांसदहरुलाई उक्त निर्णय फिर्ता लिन आग्रह गरिदिन माग गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले विभिन्न चरणमा गरी विभिन्न ४३ नयाँ स्टक ब्रोकरहरुलाई अनुमतिपत्र प्रदान गरेको छ । तर, पुराना स्टक ब्रोकरहरुले नयाँ स्टक ब्रोकरहरुलाई लगातार गुमराहमा राख्नेगरी विभिन्न निकायमा लबिङ गरिरहेको नयाँ स्टक ब्रोकर कम्पनीहरुको गुनासो छ ।

पुराना स्टक ब्रोकरहरुले सर्वोच्च अदालत र धितोपत्र बोर्डलाई नै छायाँमा पारी विभिन्न राजनीतिक लबिङ गरिरहेको उनीहरुले गुनासो पोखेका छन् ।

भेटका क्रममा एमाले अध्यक्ष ओलीले ब्रोकर लाईसेन्स रोक्ने अर्थसमितिको निर्णय विरुद्ध उभिने बताएका छन् । यस्तै उनले अर्थसमतिमा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुलाई तत्काल नयाँ ब्रोकर लाईसेन्स दिने पक्षमा लबिङ गर्न निर्देशन दिनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL