Logo

पेट्रोलियम पदार्थको मुल्य समायोजन, पेट्रोलमा रू.७ तथा डिजेल र मट्टीतेलमा रू. ५.५० पैसा घट्यो

पेट्रोलियम पदार्थको मुल्य समायोजन, पेट्रोलमा रू.७ तथा डिजेल र मट्टीतेलमा रू. ५.५० पैसा घट्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

४ पुस, काठमाडौं । नेपाल आयल निगमले आज ३ बजेदेखि लागु हुने गरी पेट्रोलिय पदार्थको मुल्य घटाएको छ । निगमको शुक्रबार बसेको संचालक समितिको बैंकठकले पेट्रोलिय पदार्थको मुल्य घटाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ घटाएको छ । यस अघि प्रतिलिटर १ सय २३ रुपैयाँ पर्ने पेट्रोल नयाँ मुल्यसँगै अव १ सय १६ रुपैयाँमा पाइने निगमले जानकारी दिएको छ ।

युसैगरी, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मुल्यसँगै बजारमा डिजेल तथा मट्टीटेल प्रतिलिटर ९२ रुपैयाँ पाइनेछ ।

निगमले आन्तरिक तर्फको हवाइ इन्धनमा भने प्रतिलिटर १० रुपैयाँले मुल्य घटाएको छ । अव बजारमा हवाइ इन्धन प्रतिलिटर १ सय ३३ रुपैयाँमा पाइने छ । निगमले केही सयमदेखि अन्तरराष्ट्रिय मुल्य अनुसार पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्दै आएको छ ।

भर्खरै मात्र प्रधानमन्त्री शुसिल कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापालाई अन्तरराष्ट्रिय बजार पेट्रोलियमको मुल्यमा उच्च गिरावट भएका कारण नेपालमा पनि सोही अनुसार मुल्य समायोजन गर्न निर्देशन दिएका थिए ।

यसैगरी प्रधानमन्त्रीले पेट्रोलियम पदार्थमा भएको मुल्य गिरावटसँगै सवारीसाधनको पनि भाडा घटाउन निर्देशन दिएका छन् । केही समय भित्रै सार्वजनिक सवारीसाधनको पनि भाडा घट्नसक्ने सम्बद्ध सरोकारावाला निकायहरुको भनाइ छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL