Logo

Global_Ime

महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित, चुनियो १४ सदस्यीय कार्यसमिति

महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित, चुनियो १४ सदस्यीय कार्यसमिति



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउन निर्वाचित भएका छन् । कोशी प्रदेशको आज भएको पाँचौं प्रदेश सभाले राउतलाई निर्विरोध रुपमा चयन गरेको हो ।

laxmi bank orange saving
NABIL

महासंघ कोशी प्रदेशको यस अघि उपाध्यक्ष रहेका राउत केही समयअधि मात्रै उदयपुर उद्योग वाणिज्य संघ कटारीको अध्यक्षमा पनि निर्विरोध निर्वाचित भएका थिए । महासंघको कोशी प्रदेशका प्रभावशाली उद्योगी व्यवसायीको रुपमा रहेका राउत महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समर्थित हुन् । कोशी प्रदेश अध्यक्ष उनी निर्वाचित भएसँगै आसन्न महासंघको निर्वाचनमा उमेशलाल समुहलाई जिल्ला नगरका साथै एसोसिएट्समा समेत ठूलो सहयोग पुग्ने देखिन्छ ।

उपाध्यक्ष जिल्ला नगरतर्फ भीम पौडेल, एसोसिएट्समा कुमार मणि पौडेल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी कोषाध्यक्षमा सुवास आचार्य निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा विरेन्द्र साह, पृतम खड्गी, प्रकाश सिवाकोटी, ऋषि तिम्लिसिना, धुब्र श्रेष्ठ, राजन श्रेष्ठ, दिपक पाण्डे, रविनकुमार दाहाल, भवेशकुमार श्रेष्ठ, श्रवणकुमार अग्रवाल सर्वसम्मत निर्वाचित भएको कोशी प्रदेशका निवर्तमान अध्यक्ष टीकाराज ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
citizens_bank
ntc