Logo

जिम्मेवार व्यवसाय सम्मेलन हुँदै, प्रमुख वक्ताको रुपमा महिन्द्रा स्टिलका सीइओ गुप्ता आउने

जिम्मेवार व्यवसाय सम्मेलन हुँदै, प्रमुख वक्ताको रुपमा महिन्द्रा स्टिलका सीइओ गुप्ता आउने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवादादाता ।

काठमाडौमा ‘नेपाल जिम्मेवार व्यवसाय सम्मेलन २०१४’ को आयोजना हुने भएको छ । ‘आर्थिक सफलताका लागि व्यवसायिक अभ्यास’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त सम्मेलन पौष १ र २ गते संचालन हुने मेला आयोजक तथा नेपाल व्यवसायीक पहलका अध्यक्ष पद्यम ज्योतिले बताए । ‘सम्मेलनले नेपालमा आगामी दिनमा कसरी व्यवसाय संचालन गर्नुपर्छ भन्ने विषयमा जानकारी दिनेछ,’ उनले भने, ‘जसका लागि स्वदेशी तथा विदेशी एक्सपर्टहरुले आ–आफ्ना प्रस्तुति दिनेछन् ।’

ज्योतिका अनुसार सम्मेलनले नपालमा संस्थागत सामाजिक उत्तरदायित्वलाई थप बजबुद बनाउन सहयोग प¥याउने छ । ‘नेपालमा संस्थागत सामाजिक उत्तरदायित्वको विकास भएपनि यसलाई मूर्त रुप दिन सकिएको छैन,’ उनले भने । यस्तै, कुनै व्यवसायीले सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरिरहेको छ भने उसले कसरी दिइरहेको छ सो वारेमा जानकारी लिनुपर्ने उनको भनाइ थियो । साथै, सहयोग गर्दैमा सवै व्यवसायी असल नहुने समेत उनले जानकारी दिए ।

कार्यक्रमलाई राष्ट्रिय  व्यवसायिक  पहल,  हिमालयन  क्लाइमेट  इनिशियटिभ,  त्रिभुवन  विश्वविद्यालय र  काठमाडौं  विश्वविद्यालयले संयुक्त रुपमा ओजना गर्दैछ । जसका लागि न्।ेपाली–जर्मन समावेसी आर्थक विकास (जीआइजेट)ले  पनि सहयोग गरेको छ ।

सम्मेलनले  जिम्मेवार  व्यवसाय  सम्बन्धी  अन्तर्राष्ट्रिय  अनुभव  तथा  नेपाली  उद्यमी व्यवसायीहरुको अनुभव एक आपसमा आदान प्रदान गर्ने उद्देश्य लिएको छ । यसका साथै सम्मेलनले व्यवसायिक  जिम्मेवारी  सामाजिक  र  सरकारी  नियमहरुको  पालनामा  मात्रै  सिमित  नभई व्यवसाय  सञ्चालनकर्ता  तथा व्यवस्थापकहरुको  रणनीतिको प्रमुख अंग  हो भन्ने कुरालाई यस सम्मेलनले प्रमुखताका साथ उठाउने छ । यसैगरी व्यवसायिक जिम्मेवारी व्यवस्थापकहरुको निरन्तरको सिकाईबाट मात्र सम्भव हुने लामो यात्रा हो भन्ने सन्देश समेत सम्मेलनले प्रवाहित गर्ने छ ।

nbi1
दीगो  सम्बृद्धिका  लागि  व्यवसायिहरु  आफैले  स्वनियमनको  माध्यमबाट  आफ्ना  आचरणहरु सुधार  गर्ने  तथा  जिम्मेवार  व्यवसायिक  अभ्यासहरुलाई  उद्योग  व्यवसाय  सञ्चालन  गर्ने  पद्धति  भित्रै  समावेश  गर्ने विभिन्न पहलकदमी तथा प्रयासहरुलाई थप मजबुत पार्ने ज्योतिको दावी छ ।

सम्मेलनमा प्रमुख वक्तको रुपमा महिन्द्रा  स्टिल  भारतका  प्रमुख  कार्यकारी  अधिकृत  उदय  गुप्ता  आउनेछन् । गुप्ताका साथै अम्बुजा सिमेन्टका महानिर्देशक  अनघा  महाजनी, दक्षिण  अफ्रिकाबाट  इन्टाइस  संस्थाका  निर्देशक  जोन  हान्क्सका  साथै   केपटाउन विश्वविद्यालयका प्राध्यापक राल्फ हम्मान पनि आउनेछन् । यस्तै नेपालका साना ठूला गरी ५० भन्दा बढी कम्पनीहरुले प्रस्तुती गर्नेछन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक भोजराज अर्यालल व्यवसायका रणनीतिहरु रातारात निर्माण एवं परिवर्तन नहुने जानकारी दिँदै व्यवसाय सञ्चालन गर्ने पद्धति परिवर्तन गर्न निकै जोखिम लिनुपर्ने बताए । ‘हामीले जिम्मेवार व्यवसायिक अभ्यासका सिद्धान्त एवं उदाहरणहरु हाम्रो स्नातकोत्तरका कार्यक्रमहरुमा समावेश गरी अध्यापन गर्दै  आइरहेका  छौं,’ उनले भने, ‘यस सम्मलेनले निकालेको निचोडलाई पनि आगामी दिनमा विश्वविद्यालयको पाठ्यक्रममा समाहित गरेर अघि बढ्नेछौं ।

‘हाल नेपालमा  उद्योगी  व्यवसायी  तथा  व्यवस्थापकहरुले  सामाजिक  उत्तरदायित्वलाई  असल  परोपकारी  कार्यहरुका  लागि  केही  रकम प्रदान गर्ने भन्ने अर्थमा मात्र बुभ्mने गरेका छन्,’  काठमाडौ ं  विश्वविद्यालयका  व्यवस्थापन  संकायका  प्राध्यापक  विनोद  कृष्ण श्रेष्ठले, ‘तर, हामीले जिम्मेवार व्यवसायमा उद्योग व्यवसायले नाफा  कसरी  कमाउँ छ  भन्ने कुरा बुभ्mनु जरुरी हुन्छ ।’ साथै, सम्मेलनले निकालेको निचोडलाई आफ्नो विश्वविद्यालयको पाठ्यक्रमा समेत समावेश गरिने उनले जानकारी दिए ।

सम्मेलनको दोश्रो दिन पौष प्रतिष्ठित उद्योगी व्यवसायीहरुको  नेतृत्वमा विभिन्न पाँच ट्रयाकहरुमा छलफल हुनेछन् । जसमा सोल्टि होटलका पूर्व अध्यक्ष प्रभाकर राणाको रणनीतिक नेतृत्व, कोकाकोला प्रा लिका निलिमा खेतानको ब्राण्ड (छवि),  पञ्चकन्या समूहका अध्यक्ष प्रदीप कुमार श्रेष्ठको कार्य सञ्चालन प्रभावकारीता र उत्पादकत्व वृद्धि,  नेपाल पूर्वाधार विकास लिमिटेडका अध्यक्ष कुश कुमार जोशीको  सरोकारवालासंग सम्बन्ध विकास, र मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको नैतिक मूल्य स्थापना र कानूनको परिपालन  रहेको छ ।

सम्मेलनले आगामी दिनमा नेपालमा कसरी व्यवसाय संचालन गर्नुपर्छ भन्ने कुरा सिकाउने मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए । अहिले नेपालमा व्यवासायीहरु व्यवसाय गर्दा सोर्सफोर्स चाहिन्छ भन्ने मानसिकताबाट ग्रसित भएको बताउँदै आगामी दिनमा यसलाई चिर्नुपर्ने पर्ने उनको भनाइ थियो । हाल एक हिसावले नेपालको व्यवसायीहरु सक्षम भएको र आगामी दिनमा देशलाई सक्षम बनाउने तर्फ सोच्नु पर्ने उनले बताए ।

हिमालयन क्लाइमेट इनिशियटिभका प्रमुख कार्यकारी अधिकृत प्रशान्त सिंले नेपालको ऊर्जा क्षेत्रमा भएका कार्य र युवावर्गले उठाएका मुद्दालाई बढी ध्यानु दिनुपर्ने बताइन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL