Logo

स्वदेशीभन्दा पनि विदेशी ब्राण्डका मदिरामा मिसावट बढी छ

स्वदेशीभन्दा पनि विदेशी ब्राण्डका मदिरामा मिसावट बढी छ


रामराजा श्रेष्ठ
0
Shares

विवाह ब्रतवन्ध होस वा सामाजिक कार्य हरेकमा मदिराको आवश्यकता पर्छ । मदिरा विना भोजभतेर नै हुन छाडिसक्यो । तर, विदेशी ब्राण्डका मदिरामा भएको मिसावट र नेपालमा लाइसेन्स नै नलिई गैरकानुनी रुपमा अर्काको ब्राण्ड चोरेर नक्कली मदिरा बनाउने तथा विक्री गर्ने गरेरकाले वास्तविक व्यवसायीहरुलाई पनि समस्या परेको छ ।

केही समय अघिमात्र नेपाल मदिरा उद्योग संघले नयाँ नेतृत्व पाएको छ । जसमा रवी केसी पुनः अध्यक्ष भएका छन् । बजारमा पछिल्लो समय पनि नक्कली मदिरा विक्री वितरण भइरहेको छ भने त्यसले उपभोक्तालाई पनि उत्तिकै असर गरिरहेको छ । नक्कली स्टिीकर, नक्कली मदिरालगायतका समसामयिक विषयमा केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठले नेपाल मदिरा उद्योग संघका अध्यक्ष रवी केसीसँग गरेको कुराकानीको सार ः

दोस्रो कार्यकालका लागि संघको अध्यक्ष हुनु भएको छ तँपाइलाई बिजखवर डटकमको तर्फबाट बधाई । आगामी कार्यकालको लागि के–कस्ता उद्देश्य लिएर पुनः अध्यक्ष हुनुभएको छ ?

निर्वाचन प्रणालीबाट भन्दा पनि सर्वसम्मतीबाट दोस्रो कार्यकालका लागि अध्यक्ष भएको हुँ । विगतका २ वर्षमा हाम्रो कमिटिले सरकारसँग सहकार्य गरेर जुन काम ग¥यौं त्यसले राज्य र व्यवसायी दुवैलाई फाइदा पुगेको छ । मदिरा व्यवसायलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउ भन्ने मुख्य नाराका साथ संघ अघि बढेको छ । पहिलो कार्यकालमा हामीले थुप्रै काम गरिसकेका छौं । पहिला बजारमा नक्कली मदिरा तथा नक्कली स्टिीकरको विगविगी थियो । अहिले आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग र संघको सहकार्यमा त्यसलाई न्युनिकरण गरेका छौं । सो कार्यमा सरकारी निकायबाट पनि हामीलाई ठूलो सहयोग मिलेको छ । जसले गर्दा सरकारले यस क्षेत्रबाट बढी राजस्व संकलन गर्नुका साथै व्यवसायीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आएको छ । आगामी २ वर्ष पनि मेरो नेतृत्वमा संघलाई अझ बलियो बनाइ व्यवसायीक हितका लागि काम गर्ने योजना बनाएका छौं ।

अव संघको लक्ष्य के हुनेछ ?

संघले जुन नारा लिएर अघि बढेको त्यसलाई व्यवहारमा उतार्न लागि पर्ने छु । अहिले मदिरा भन्ने वित्तिकै समाजमा नकारात्मक दृष्टिले हेरिन्छ तर यो नभइनहुने बस्नु पनि हो । समाजमा विवाह, ब्रतबन्धलगायत विभिन्न सामाजिक कार्यमा यो अपरिहार्य भइसकेको छ । तसर्थ आगामी दिनमा यसप्रति सकारात्म सोच ल्याउने पनि अर्को लक्ष्य हो ।

अझै पनि बजारमा नक्कली स्टिीकर भेटिन्छन् नी ?

मेरो जानकरीमा आएसम्म पछिल्लो समय नक्कली स्टिीकर भेटिएको छैन । तर, नेपाल सरकारले मरिदा उद्योगको लाइसेन्स दिँदा आफुले अनुगमन गर्न नसक्ने ठाउँमा पनि लाइसेन्स दिएको छ । जसले गर्दा केही ठाउँमा विना स्टिीकरको मदिरा भने भेटिएका छन् । अहिले बजारमा लागत मुल्यभन्दा सस्तोमा मदिरा विक्री वितरण भइरहेको छ । त्यस्ता ठाउँमा सरकारले आवश्यक अनुगमन गर्न नसक्दा स्टिीकर नटासिएका तथा गुणस्तरहिन मदिरा विक्रीवितरण भइरहेको छ ।

नक्कली तथा स्टिीकर नटासिएका मदिरा विक्री वितरण नहनुमा को दोषी छ ?

पहिलो विषय त अनुगमन गर्न नसकिने ठाउँमा पनि लाइसेन्स दिइयो । त्यसले केही समस्या निम्त्याएको छ । तर, पछिल्लो सयम सरकारले पनि अनुगमनलाई कडाइका साथ अघि बढाएको छ । चुस्त, दुरुस्त रुपमा अनुगमन गर्न सरकारी निकायसँग पनि जनशक्ति, सेवासुविधा तथा पूर्वाधार छैन । यति हुँदाहुँदै पनि संघले सरकारी निकायसँग सहकार्य गरेर अनुगमन गरिरहेको छ । अभैmपनि लाइसेन्स लिएरभन्दा पनि लाइसेन्स नै नलिइ लुकिछिपी नक्कली ब्राण्डको मदिरा उत्पादन गर्नेको संख्या बढी रहेको छ । यसलाई न्युनिकरण गर्नु हाम्रो मुख्य चुनौती हो ।

बजारमा नक्कली मदिराको हिस्सा कति प्रतिशत होला ?

२ वर्षभन्दा पहिला यसको संख्या एकदमै बढि थियो । २ वर्षको अन्तरालमा सरकार र संघको सहकार्यमा यसलाई धेरै नै न्युनिकरण गरेका छौं । अभैm पनि नक्कली मदिरा विक्री भइरहेको छ । अहिले बजारमा नेपाली मदिराभन्दा पनि विदेशी ब्राण्डका मदिरामा नक्कली स्टिकर प्रयोग भइरहेको छ । यस्तै, नक्कली ब्राण्ड र मिसावट पनि विदेशी मदिरामा बढी छ । पछिल्लो समय बजारमा रेडलेवल, व्ल्याकलेवल, टिचर्स, भ्याट ६९ जस्ता ब्राण्डका मदिरामा मिसावट तथा नक्कली स्टिीकर प्रयोग भइरहेको छ । बजारमा झण्डै विदेशी ब्राण्डका ४० प्रतिशत जति नक्कली मदिरा विक्री भइरहेको छ । विशेषगरी आयातित मदिरामा कम गुणस्तरका मदिरा मिसाउने तथा नक्कली स्टिरकर प्रयोग गरेर विक्री गरेको गुनासो संघमा आइरहेको छ ।

यसको असर त नेपाली मदिरा व्यवसायी देखि उपभोक्तसम्मलाई पर्छ । यसलाई रोक्न संघले केही कदम चालेको छैन ?

संघले नेपाल सरकारसँगको सहकार्यमा नक्कली मदिरा तथा नक्कली स्टिकर टासिएको मदिरा समात्ने काम गरीरहेको छ । त्यस्ता व्यवसायीलाई कारवाही पनि भएको छ । सोचेअनुरुप अझै पनि यसलाई कम गर्न सकिएको छैन । यसमा संघ लागिपरेको छ ।

नक्कली स्टिक र नक्कली मदिरा विक्रीमा मदिरा उद्योगी र विक्रेताबीच विवाद बढेको देखिन्छ नी । विवादको मुख्य चुरो चाहीँ के हो ?

विक्रेताले नक्कली मदिरा तथा नक्कली स्टिकरको विषयमा उद्योगीलाई दोष दिँदै आएका छन् । तर, त्यसरी व्यापारीहरु पन्छिन मिल्दैन । नक्कली स्टिरक पहिला नै टासिएर आएको हुन्छ यसमा विक्रेतालाई थाहा नहुन सक्छ तर नक्कली मदिराको वारेमा उनीहरुलाई पनि थाहा हुन्छ । त्यसमा विक्रेताहरुले पनि ध्यान दिनु जरुरी छ । बजारमा नक्कली मदिरा सस्तोमा विक्री भइरहेको हुन्छ । यसमा उद्योगीका साथै विक्रेता तथा क्रेता दुवै दोषी हुन्छन् । दुवैले नक्कली मदिरा बजारमुल्य भन्दा सस्तोमा किनवेच गरिरहेका हुन्छन् । ५० युपीको मदिरा १ हजार ८ सय ७५ रुपैयाँभन्दा कममा पाइदैन । कसैले त्योभन्दा सस्तोमा बेचिरहेको छ भने त्यसमा सवैपक्ष सतर्क हुनुपर्छ । विक्रेता तथा उपभोक्ताले पनि भ्याट विल लिएर किन्ने वानीको विकास गर्नुपर्छ । तसर्थ नक्कली मदिरा विक्रीवितरण हुनुमा उद्योगी, विक्रेतादेखि उपभोक्तासम्म दोषी छन् ।

पछिल्लो समय पनि नक्कली मदिरा सेवन गरेर मृत्यु हुने तथा विरामी भएको खवर आइरहका छन् । यसको जिम्वेवारी कसले लिने ?

बढी मदिरा सेवन गर्दा पक्कै पनि विरामी हुन्छ । तर, लाइसेन्स प्राप्त गरेका उद्योगबाट उत्पादित मदिरा सेवन गर्दा विरामी हुने, साइट इफेक्ट देखिने सम्भावना हुँदैन । अहिले भारतबाट रङ तथा पेन्टसको नाममा गैरकानुनी रुपमा स्प्रिीट भित्रिरहको छ । गैर व्यवसायीहरुले त्यसरी आयात गरिएको स्प्रीटबाट कुनै उद्योगीको ब्राण्डमा मदिरा बनाएर बेच्ने काम गरिरहेका छन् । त्यसले समाजमा समस्या उत्पन्न गरिरहेको छ । संघले सरकारको सहकार्यमा छानविन पनि गरिरहेको छ । त्यसलाई निर्मुल पार्न समाजमा सम्पूर्ण पक्ष लाग्नु जरुरी छ ।

नेपालको मदिरा उद्योगको व्यवसायीक स्थिती कस्तो छ ?

यसमा जसको ब्राण्ड चल्यो त्यसको अवस्था राम्रो छ । नेपालमा झण्डै ८० वटा डिष्टीलरी छन् त्यसमा ५ वटाजतिमात्र राम्रोसँग चलेका होलान् । अन्य उद्योगको अवस्था एकदमै नाजुक छ । समाजबाट हेर्दा राम्रो देखिन्छ तर व्यवसायीको भित्री अवस्था हेर्ने हो भने दयनिय भएको छ । मदिरा उत्दापन गरेर धेरै व्यवसायीले नाफा आर्जन गर्न सकेका छैनन ।

घाटा हुदाँहुँदै पनि व्यवसायीहरु यस व्यवसायमा किन लाग्छन् त ?

यो व्यवसाय एउटा नसा हो । उदाहरणका लागि मदिरा सेवनगर्दा स्वास्थ्यलाई खराव गर्छ भन्ने थाहा हुँदाहुँदै पनि मान्छे मदिरा सेवन गर्छ । यस व्यवसामा पनि एकपटक प्रवेश गरेपछि बजारमा बाकीँ बक्यौतालगायत विभिन्न हिसाव हुन्छन् । जसले गर्दा यस व्यवसायबाट वाहिर आउन गाह्रो हुन्छ र व्यवसायीहरु यसमै रोमलिरहेका छन् ।

यो उद्योगमा कति लागानी भएको छ र कति रोजगारी सिर्जना गरेको छ ?

नेपालमा झण्डै ८० वटा डिष्टीलरी छन् । यसमा झण्डै ५ अर्व रुपैयाँ लगानी भएको छ भने २५ हजार जतिलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

नेपाली मदिरा निर्यातको अवस्था चाहीँ कस्तो छ ?

नेपालबाट छिमेकी देशमा सामान्य मात्रामा निर्यात भइरहेको छ । तर, निर्यात गर्नका लागि ब्राण्ड बनाउनु पर्छ । त्यसको लागि लगानी पनि सोही अनुरुप गर्नुपर्छ । यसैगरी उपभोक्ता तथा वितरकमा पनि स्वदेशी ब्राण्डलाई माया गरिदिनुपर्छ । जसले गर्दा देशको आर्थिक अवस्था राम्रो हुनुका साथै निर्यात गर्न सकिन्छ ।

अहिले स्वदेशी मरिदाको बजार हिस्सा कति प्रतिशत रहेको छ ?

पछिल्लो तथ्याङक अनुसार ८० प्रतिशत बजार हिस्सा स्वदेशी उत्पादनको छ ।

कच्चा पदार्थ नी ?

मदिरा बनाउनका लागि स्प्रीट चाहिन्छ । उक्त स्प्रीट मलासेसबाट बन्ने हो । नेपालमा पनि मलासेसबाट स्प्रीट बनाउने थुप्रै उद्योगहरु खुलेका छन् । तै पनि नेपालबाट भारतमा सस्तोमा मलासेस निर्यात भइरहेको छ । तर, भारत सरकारको नियम अनुसार हामीले त्यहाँबाट मलासेर किने ल्याउन पाउँदैनौं । नेपालमा भएको मलासेस निर्यात गर्न नदिनेको हो भने नेपालका मदिार उद्योगीलाई त्यसैले पुग्नेछ । तर, हामीले नेपालबाट सस्तोमा मलासेस निर्यात गरेर भारतबाट महङ्गोमा स्प्रीट आयात गरिरहेका छौं ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL