Logo

माछापुच्छ्रे बैंकको डीसीइओमा थापा र न्यौपाने बढुवा, उपमहाप्रवन्धकमा अर्याल

माछापुच्छ्रे बैंकको डीसीइओमा थापा र न्यौपाने बढुवा, उपमहाप्रवन्धकमा अर्याल



काठमाडौं । माछापुच्छ्रे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीइओ)मा सर्जुकुमार थापा र विश्वम्भर न्यौपाने बढुवा भएका छन् । यस्तै बैंकको उपमहाप्रबन्धकमा प्रसिद्धराज अर्याललाई बढुवा गरिएको बैंकले जानकारी दिएको छ ।

laxmi

नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थापा र न्यौपाने दुवै जनासँग २ दशकभन्दा बढीको बैंकिङ अनुभव छ । यस्तै उपमहाप्रबन्धक पदमा बढुवा भएका अर्यालले पनि बैंकिङ क्षेत्रमा करिब २ दशक जतिको अनुभव सँगालेका छन् र अर्यालसंग क्रेडिट व्यवसाय, ट्रेजरी, ब्रान्च अपरेसन, माइक्रो फाइनान्स लगायतका क्षेत्रमा काम गरेको राम्रो अनुभव रहेको छ ।

बैंकले हाल देशभर १ सय ६३ शाखा, ६ एक्स्टेन्सन काउण्टर, २ सय एटिएम र १ सय ५७ शाखारहित बैंकिङ सुविधा मार्फत सेवा प्रदान गदै आइरहेको छ । र १५ सयभन्दा बढी कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL