Logo

लगानी बोर्डको ४ बर्षे रणनीतिक लक्ष्य : ११ खर्ब ७० अर्ब लगानी भित्र्याउने, १ लाखलाई रोजगारी

लगानी बोर्डको ४ बर्षे रणनीतिक लक्ष्य : ११ खर्ब ७० अर्ब लगानी भित्र्याउने, १ लाखलाई रोजगारी



काठमाडौं । लगानी बोर्ड नेपालले आगामी ४ बर्षका लागि आफ्नो रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । बोर्ड १० बर्ष पुगेको अवसरमा नेपालमा सन २०२/२६ सम्ममा १० विलियन डलर अर्थात हालको विनिमय दर अनुसार ११ खर्ब ७० अर्ब रुपैयाँ बराबरको लगानी भित्र्याउने बताएको हो ।

laxmi

बोर्डका अनुसार उक्त अवधिमा भित्रिएको लगानीमार्फत १ लाख जनसंख्यालाई रोजगारी दिनेसमेत योजना रहेको छ ।
सार्वजनिक गरिएको रणनीतिक योजनाको रोडम्यापमा ६ अर्ब डलर बराबरको पब्लिक प्राईभेट पार्टनरशिप अन्तर्गत रहेका परियोजनाको व्यवस्थापन गर्नेसमेत उल्लेख गरिएको छ ।

बोर्डका अनुसार यस अवधिसम्म बोर्डलाई पीपीपी मोडलका परियोजनाहरुको व्यवस्थापन केन्द्रका रुपमा अघि सारिने छ । आगामी ४ बर्षभित्रमा नेपालमा लगानीका बारेमा भरपुर प्रवर्द्धन गर्दै प्रभावकारी रुपमा लगानी भित्र्याउनेसमेत उक्त योजनामा उल्लेख गरिएको छ । बोर्डले देशको समृद्धिका लागि भन्दै ४ ओटा रणनीतिक खम्बाहरुको बारेमासमेत विश्लेषण गरेको छ ।

जसमा परियोजना विकास तथा व्यवस्थापना रणनीतिक खम्बा, लगानी प्रवद्र्धन, पूर्वाधार विकास र समन्वयलाई मुख्य रुपमा अघि बढाईएको छ । बोर्ड आगामी बिहीबार १० बर्षमा टेक्दैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL