Logo

सार्क सम्मेलनमा नेपाल र भारतबीच के–के सम्झौता भए ?

सार्क सम्मेलनमा नेपाल र भारतबीच के–के सम्झौता भए ?


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

सार्क सम्मेलनमा नेपाल र भारतबीच महत्वपूर्ण सम्झौता भएको छ । सम्मेलनमा सार्कका सदस्य राष्ट्रहरुबीच क्षेत्रिय मुद्दामा गहन छलफल हुने भएपनि नेपाल र भारतबीच धेरै विषयमा द्वीपक्षिय सम्झौता तथा बस्तु हस्तान्तरण भएको छ । सम्मेलनको अवसरमा अरुण तेस्रोको पावर विकास सम्झौता (पीडीए), दुई देशबीच सीधा बससेवा संचालन सम्झौता, नेपाललाई हेलिकप्टर हस्तान्तरण, ट्रमा सेन्टर हस्तान्तर, यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका अवसरमा प्रदान गरिएको १ खर्व रुपैयाँ खर्च सम्बन्धी द्वीपक्षिय सम्झौताजस्ता महत्वपुर्ण निर्णहरु भएका छन् ।

अरुण तेस्रो निर्माणका लागि सतलजसँग पीडीए

सार्क सम्मेलनकै अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका बेला अरुण तेस्रोको पावर डेभलपमेन्ट एग्रीमेन्ट (पीडीए) भएको छ । उक्त आयोजना निर्माणका लागि भारतीय कम्पनी सतलज र नेपाल लगानी बोडबीच सम्झौता भएको छ ।

संखुवासभा जिल्लामा निमार्ण हुन लागेको ९ सय मेगावाट क्षमता रहेको उक्त आयोजनाको लागत १ खर्ब ४ अर्ब भन्दा बढी हुने अनुमान गरिएको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् भारत निर्यात हुनेछ ।

आयोजनाबाट उत्पादित विद्युत्मध्ये नेपालले १ सय ९७ मेगावाट  निशुल्क प्राप्त गर्नेछ । त्यस्त, आयोजना प्रभावित ६ गाविसका बासिन्दालाई २५ वर्षसम्म हरेक महिना ३० युनिट विजुली निशुल्क दिइने छ ।

नेपाल र भारतबीच सीधा बससेवा संचालन

नेपाल र भारतबीच सीधा वस सेवा सञ्चालन गर्ने सहमित पनि भएको छ । तत्कालका लागि उक्त बससेवा नेपालको राजधानी काठमाडौं र भारतको राजधानी नयाँ दिल्लीसम्म संचालन गरिने छ । उक्त सम्झौतासँगै मंगलबार नेपालबाट दिल्लीको लागि बस प्रस्थान गरेको छ
काठमाडौंबाट दिल्ली पुग्नका लागि ३ हजार ६ सय ८० रुपैयाँ भाडा लाग्ने छ । सो ठाउँसम्म पुग्दा बसमा १ हजार २ सय ५० किलोमिटर दुरी पार गर्नुपर्ने हुन्छ । यस सम्झौतासँगै दुवै देशका बस सहज रुपमा आवतजावत गर्न पाउनेछन् । बस सेवा संचालन सँगै दुवै देशका पर्यटकहरु सहजरुपमा आवतजावत गर्न सक्नेछन् ।

१ खर्व परिचालनमा द्वीपक्षिय सम्झौता

केही समय अघि भारतले नेपाललाई उपलब्ध गराएको रु १ खर्ब रकम देशको विभिन्न आयोजनामा खर्च गर्ने गरी द्विपक्षीय सम्झौता सम्पन्न पनि भएको छ ।
उक्त सम्झौतामा दुवै देशमा प्रधानमन्त्रीको उपस्थिती थियो । भारतीय आयात निर्यात बैंकमार्फत प्राप्त हुने सो रकम नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढीगण्डकी जलविद्युत् आयोजना र महाकाली सिँचाइ परियोजनामा खर्च गर्ने तयारी भइरहेको छ ।

ट्रमा सेन्टर उद्घाटन तथा हस्तान्तरण

सम्मेलनकै अवसरमा नेपालका प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा राष्ट्रिय ट्रमा सेन्टरको उद्घाटन गरेका छन् ।

भारत सरकारको सहयोगमा निर्माण गरिएको उक्त सेन्टर लामो समयदेखि त्यतिकै बसेको थियो । सम्मेलनका बेला भारतीय प्रधानमन्त्री मोदीले ट्रमा सेन्टरको उद्घाटन गर्नुका साथै नेपाललाई हस्तान्तरण समेत गरेका छन् ।

साथै, विरामीलाई आपत्कालिन सेवा, आधुनिक र गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्य अनुरुप स्थापना गरिएको उक्त सेन्टरका लागि प्राविधिक तथा मानवीय सहयोग गर्न समेत भारत तयार रहेको मोदीले बताए । ११ रोपनी जग्गामा रु १ खर्ब लगानीमा निर्मित ९ तले सो भवन भूकम्प प्रतिरोधात्मक क्षमता मसते रहेको छ ।

सेन्टरको भुइँतलामा आकस्मिक एक्स रे, प्रयोगशाला, अल्ट्रासाउन्ड र प्लास्टर कक्ष रहेको छ । पहिलो तलामा बहिरङ्ग सेवा, प्राथमिक उपचार कक्ष, न्युरो सर्जरी सेवा, मुटुको शल्यचिकित्सा, साधारण चिकित्सा, दन्त सेवा, प्लास्टिक सर्जरी, ब्लड बैंक, सिटी स्क्यान, अल्ट्रासाउन्ड र अत्याधुनिक प्रयोगशाला रहेको छ । यस्तै दोस्रो तलामा पाँच शल्यक्रिया कक्ष, सघन उपचार कक्ष तथा चौथो, पाँचौँ र छैटौँ तलामा अन्तरङ्ग सेवाअन्तर्गत बिरामी उपचार कक्ष रहने अस्पतालले जानकारी दिएको छ ।

हेलिकप्टर प्रदान

सार्क सम्मेलनकै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई हेलिकप्टर प्रदान गरेका छन् । टुडिखेलमा एक समारोहबीच उनले एडभान्स लाइट हेलिकप्टर नेपालका प्रधानमन्त्री शुसिल कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

उक्त हेलिकप्टरमा चालकदल सहित १६ सिट क्षमता रहेको छ ।  हेरिकप्टरको मुल्य ६३ करोड रुपैया पर्ने बताइएको छ । उक्त हेलिकप्टर नेपाली सेनाले संचालन गर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL