Logo

साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड कायम, परिसुचक २९८३ पुग्दा साढे १९ अर्ब बढिको कारोबार

साताको पहिलो दिन सेयर बजारमा नयाँ रेकर्ड कायम, परिसुचक २९८३ पुग्दा साढे १९ अर्ब बढिको कारोबार



काठमाडौं । साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार रकमको नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय लगातार उकालो लागिरहेको नेप्से परिसुचक आईतबार ३८ दशमलव ३२ अंकले बढ्दै २९८३ दशमलव ११ अंकमा पुग्दा कारोबार रकम पनि १९ अर्ब ५५ करोड १ लाख ६६ हजार पुगेको छ । जुन नेपाली सेयरबजारमा हालसम्मकै उच्च कारोबार रकम हो ।

laxmi

गत हप्तादेखिनै नयाँ नयाँ रेकर्ड कायम गरिरहेको नेप्सेले यो साताको पहिलो दिन नै कारोबार रकममा पुनः नयाँ रेकर्ड कायम गरेको हो

यस्तै आज क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि २ दशमलव १९ प्रतिशत अर्थात ११ दशमलव ५४ अंकले बढेर ५३९ दशमलव ४२ अंकको विन्दुमा पुगेको छ ।

आज दिनभरीमा २ सय २० कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४ सय ३९ कित्ता सेयर किनबेच भएका छन् ।

आइतबार वित्त, विकाश बैंक र जलविद्युतलगायत ७ समूहको परिसूचकमा वृद्धि देखिएपनि अन्य ६ समुहको परिसुचकमा गिरावट आएको छ । जसमा विकाश बैंक ८ दशमलव २४ प्रतिशत, वित्त ७ दशमलव १४ प्रतिशत जलविद्युत ६ दशमलव १० प्रतिशत, होटल्स् तथा पर्यटन ४ दशमलव ७३ प्रतिशत र लगानी समूह २ दशमलव ३८ प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL