Logo

श्रमिकलाई बैशाखको ५० प्रतिशत तलब दिनुपर्ने सरकारको निर्णय, तलबका लागि व्यवसायीलाई पुनर्कर्जा

श्रमिकलाई बैशाखको ५० प्रतिशत तलब दिनुपर्ने सरकारको निर्णय, तलबका लागि व्यवसायीलाई पुनर्कर्जा


बिजखबर संवाददाता
2.2k
Shares

काठमाडौं । निजी क्षेत्रले औपचारिक क्षेत्रमा कार्यरत कर्मचारीलाई बैंशाख महिनाको न्यूनम ५० प्रतिशत तलब दिनुपर्ने भएको छ ।

laxmi

यहि बैंशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैंठकले उद्योगी व्यवसायीले श्रमिक तथा कर्मचारीलाई बैशाख महिनको पनि न्यूनतम ५० प्रतिशत तलब उपलब्ध गराउनुपर्ने निर्णय गरेको हो ।

कोरोना पछिको लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएको अवस्थामा कर्मचारीलाई तलब दिन उद्योगी व्यवसायीहरु अन्योलमा रहेको अवस्थामा सरकारले तत्कालका लागि ५० प्रतिशत तलब उपलब्ध गराउन निर्देशन दिएको हो ।

तर संगठित क्षेत्रका कार्यरत कर्मचारी श्रमिकलाई तलब खुवाउनका लागि चालू पूँजीमा समस्या भएमा बैंक तथा वित्तीय क्षेत्रले सहुलियत दरमा कर्जा प्रदान गर्ने भएको छ । त्यसरी प्रदान गरिएको कर्जालाई पुनर्कर्जामा रुपान्तरण गरिने भएको छ । उद्योग तथा प्रतिष्ठानले सरल धितो राखेर बैंकबाट कर्जा पाउने समेत सरकारले बताएको छ ।

यसैगरी सरकारले बाँकी रहेको तलब ज्याला उद्योग व्यवसाय संचालनमा आईसकेपछि दिनुपर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL