Logo

कोरियन भाषा परीक्षाको आवेदन फारम खुल्यो, बैशाख ६ गतेसम्म समय

कोरियन भाषा परीक्षाको आवेदन फारम खुल्यो, बैशाख ६ गतेसम्म समय


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

२० चैत,काठमाडौं । आगामी जेठमा सञ्चालन हुने कोरियन भाषा परीक्षाको आवेदन फारम खुलेको छ । फारम वैशाख तीन गतेदेखि ६ गतेसम्म भर्नुपर्ने इपीएस कोरिया शाखाले जानकारी दिएको छ ।

शाखाका अनुसार फारम प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म भरिनेछ । सो भाषा परीक्षका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् ।
त्यस्तै आवेदन दिने व्यक्ति कुनै फौजदारी अभियोगमा अदालतबाट जेल सजाय नपाएको, कोरियामा गएर गैर कानुनी रुपपमा बसोबास नगरेको हुनुपर्ने बताइएको छ ।

कोरियाली भाषा परीक्षाका लागि काठमाडौंमा नेपाल वेद विद्याश्रम संस्कृतमावि वनकाली, गौशाला, काठमाडौं भ्याली उच्चमावि महाराजगन्ज, ल्याबरोटरी उच्चमावि कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोवाटो तथा च्यासल फुटबल खेल मैदान बालकुमारीमा फारम भरिने छ ।

त्यस्तै उपत्यका बाहिर धरान, जनकपुर, बुटबल, पोखरा र डडेलधुरामा पनि परीक्षा फारम वितरण गरिनेछ ।

सो परीक्षा दिन २४ अमेरिकी डलर लाग्ने छ । उक्त रकम आवेदकले फारम बुझाउने अघिल्लो दिन केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसावबाट नेपाली रुपैयाँको हिसाव गरी बुझाउनुपर्ने छ । कारणबस फारम रद्द भएमा रकम फिर्ता गरिनेछ । तर सो रकम लिनका लागि आफूले जम्मा गरेको भौचरसहित सहभागी स्वयं उपस्थित हुनुपर्नेछ ।

भाषा परीक्षा आगामी जेठ ३० शनिबार र ३१ आइतबार गते सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL