Logo

वैदेशिक रोजगारीमा जान सहज, भैरहवा र पोखराबाट पनि श्रम स्वीकृति दिईने

वैदेशिक रोजगारीमा जान सहज, भैरहवा र पोखराबाट पनि श्रम स्वीकृति दिईने



काठमाडौं । सरकारले भैरहवा र पोखराबाट पनि वैदेशिक रोजगारी सम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई सहजीकरण गर्दै थप दुई प्रदेशबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिन लागेको हो ।

laxmi

केन्द्रिकृत रुपमा काठमाडौंबाट मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिँदा कामदारको लागत बढ्ने भन्दै प्रादेशिक रुपमा श्रम स्वीकृति दिन लागिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा भैरहवा र पोखराबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने कार्य सुरु गरिने बताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL