Logo

एशियाली अर्थतन्त्रमा कोरोनाको भयावह असर, नेपालको आर्थिक वृद्धिदर भने बढ्ने एशियाली विकास बैंकको निष्कर्ष

एशियाली अर्थतन्त्रमा कोरोनाको भयावह असर, नेपालको आर्थिक वृद्धिदर भने बढ्ने एशियाली विकास बैंकको निष्कर्ष



काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले सार्वजनिक गरेको एशियाली पुरक आउटलुकमा कोरोना भाईरसका कारण एशियाली अर्थतन्त्रमा ठुलो असर पर्ने देखाएको छ । हालै गरिएको अध्ययन अनुसार विश्वका विकासशिल देशहरुजस्तै एशियाली मुलुकहरुमा पनि ठुलो असर पर्ने देखिएको हो ।

laxmi

तर एशियाली मुलुकमध्ये चीनमा भने त्यति ठुलो असर नपर्ने देखिएको छ । तर अन्य देशहरुमा भने ठुलो असर पर्ने एडीबीको प्रतिबेदनमा उल्लेख छ ।

सन् २०२० मा चीनको अर्थतन्त्र १ दशमलव ८ प्रतिशतले विस्तार हुनेछ । जबकि ३४ एसियालीको आर्थिक वृद्धिदर नकारात्मक हुनेछ । २०२० मा दुई टापु देश फिजी र माल्दिभ्सको आर्थिक वृद्धिदर दोहोरो अंकले नकारात्मक हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ ।

कुक्स आइल्यान्ड भानुआटु र पलाउको आर्थिक वृद्धि पनि करिब १० प्रतिशतले नकारात्मक रहने एडीबीको अनुमान छ । यसअघिको अनुमानमा यी देशको आर्थिक वृद्धिदर ऋणत्मक हुने बताइएको थियो । अघिल्लो अनुमानभन्दा उल्लेखित देशको आर्थिक वृद्धिदरमा ५ देखि ११ प्रतिशतको प्रभाव पर्ने बताइएको छ । सबै देश पर्यटकीय गन्तव्य हुन् ।

आर्थिक वृद्धिदर नकारात्मक हुनेमा दक्षिण एसियाका ५ देश छन् । बैंकका अनुसार बंगलादेश, नेपाल र भुटानबाहेक सबै दक्षिण एसियाली देशको अर्थतन्त्र खुम्चनेछ । त्यसमध्ये बंगलादेशले सर्वाधिक ४ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नेछ । यो आर्थिक वृद्धिदर एसियाका सबै देशमध्ये उच्च हो ।

यस्तै प्रतिवेदनमा सन् २०२० मा अफगानिस्तानको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशतले, भारतको ४ प्रतिशतले, पाकिस्तानको ० दशमलव ४ प्रतिशतले र श्रीलंकाको ६ दशमलव १ प्रतिशतले नकारात्मक हुने उल्लेख छ । भुटान र नेपालको भने क्रमशः २ दशमलव ४ र २ दशमलव ३ प्रतिशतले उकालो लाग्नेछन् ।

पूर्वी एसियाबाहेक सबै क्षेत्रगत आर्थिक वृद्धिदर नकारात्मक रहने उल्लेख छ । पूर्वी एसियामा चीन र ताइवानको सकारात्मक आर्थिक वृद्धिले साथ दिएको छ । तर, बाँकी देशहरू हङकङ, मंगोलिया र कोरियाको आर्थिक वृद्धिदर भने नकारात्मक हुने उल्लेख छ ।

यसरी विकासशील एसियाको आर्थिक वृद्धिदर २ दशमलव २ प्रतिशतबाट संशोधन गर्दै ० दशमलव १ प्रतिशत कायम गरेको छ । यो आर्थिक वृद्धिदर सन् १९६१ यताकै न्यून हो । एडिबीले २०२१ मा यो क्षेत्रको वृद्धिदर ६ दशमलव २ प्रतिशत हुने अनुमान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL