Logo

लगानीसम्मेलन मार्फत आएका प्रस्तावको मूल्याङ्कन गर्न विज्ञको रोष्टर तयार गर्दै बोर्ड, १० क्षेत्रमा आवेदन माग

लगानीसम्मेलन मार्फत आएका प्रस्तावको मूल्याङ्कन गर्न विज्ञको रोष्टर तयार गर्दै बोर्ड, १० क्षेत्रमा आवेदन माग



काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनमार्फत आएका लगानी सम्बन्धी आशयपत्रको मूल्याङ्कन तथा व्यापार योजना विकासका लागि विज्ञको सूची तयार पार्ने भएको छ । सम्मेलमा आएको लगानी सम्बन्धी प्रस्तावको परियोजना निर्माण, प्रस्तावको तयारी तथा सोको मूल्याङ्कनलगायतका काम गर्नका लागि क्षेत्रगत रुपमा विज्ञहरुको सूची तयार गर्न लागेको हो ।

विज्ञहरुको सूची तयार पार्नका लागि बोर्डले सूचना समेत प्रकाशित गरेको छ । जस अन्तरगत बोर्डले सिभिल इन्जिनीयरदेखि हाइड्रोपावर इन्जिनीयरसम्मको माग गरेको छ । जसमा जलविद्युत, पूर्वाधार, फोहोर व्यवस्थापन, एभिएशन, पर्यटन तथा उद्योग क्षेत्रको दक्ष तथा विज्ञहरुको माग गरिएको छ । उनीहरुले सो कार्य गर्नका लागि बोर्डको रोष्टरमा सूचीकृत हुनुपर्ने छ ।

रोष्टरमा सूचिकृत हुनका लागि सम्बन्धित क्षेत्रमा स्नातकोत्तर गरी १० बर्षको अनुभव भएका व्यक्तिहरुले मात्र आवेदन दिन सक्नेछन् । यसैगरी संस्थाको हकमा १० बर्षको विषयतग अनुभव भएकाहरुले संस्थागत विवरण, कार्यरत कर्मचारीलगातको विषय उल्लेख गरी आवेदन दिन पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL