Logo

नयाँ उद्योग खुल्ने क्रम बढ्यो, पाँच महिनामा २ सय ८ दर्ता

नयाँ उद्योग खुल्ने क्रम बढ्यो, पाँच महिनामा २ सय ८ दर्ता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

laxmi

१२ असोज,काठमाडौं । बैशाख १२ गतेको भुकम्प त्यसपछी लगातार गएका परकम्पनले देशका विभिन्न स्थानका उद्योगहरुमा क्षती पुर्यापनी उद्यमीहरुको मनोवल भने घटेको देखिदैन । पाँच महिनामा दर्ता विभागमा दर्ता भएका उद्योगको संख्याले यस्तो देखाएको हो ।

उद्योग विभागको अनुसार यस बर्ष गत बर्षको पाँच महिनाको तुलनामा बढी उद्योग दर्ता भएका छन् । बैशाख १५ पछि हालसम्म २ सय ८ ओटा उद्योग दर्ता भएका विभागको तथ्यांक छ । जुन गत बर्षको सो अवधिको भन्दा ९ ले बढी हो । यी उद्योगहरुको जम्म पूँजी ५२ अर्व ४१ करोड ५ लाख रहेको छ ।

उद्योग विभागको तथ्यांक अनुसार सो अवधिमा सवै भन्दा बढी दर्ता हुने उद्योगमा सेवा सम्वन्धि उद्योग रहेका छन् । पाँच महिनामा सेवा सम्वन्धि ७१ ओटा उद्योग दर्ता भएका थिए । त्यस्तै पर्यटनमुलक ६८ उद्योग दर्ता भएको तथ्यांकमा उल्लेख छ । उत्पादनमुलक ४० ओटा उद्योग दर्ता भएका देखिन्छन् ।

दर्ता उद्योगमध्ये १ सय ४८ साना उद्योग छन् । त्यस्तै मझौला ३० र ठूला उद्योगको संख्या २६ छ । ती उद्योगहरुबाट ८ हजार ३ सय ५ जनाले रोजगारी पाउने विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए ।

भूकम्पले उद्योग तथा कलकारखानामा क्षती पुर्याएपनि उद्योग दर्ताको क्रम भने नघटेको उनले जानजकारी दिए । ‘उद्योग ढिला प्रतिफल पाइने क्षेत्र हो’ उनले भने ‘त्यसैले लगानीकर्ता लगानीका लागि नडराएका हुन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL