Logo

सेज कार्यकारी निर्देशकमा भट्ट, ४ बर्षको कार्यकाल

सेज कार्यकारी निर्देशकमा भट्ट, ४ बर्षको कार्यकाल


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१ असोज,काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज)को कार्यकारी निर्देशकमा चण्डीकाप्रसाद भट्टलाई नियुक्त गरेको छ । मन्त्रीपरिषदको शुक्रवार बसेको वैठकले उनलाई ४ वर्षको लागि सेज कार्यकारी निर्देशकमा नियुक्ती गरेको हो ।

उद्योग मन्त्रालयले सेजको कार्यकारी निर्देशक सिफारिसका लागि समिति बनाएको थियो । सो समितिमा योजना आयोगका सदस्य स्वर्णिम वाग्ले, उद्योग सचिव जयमुकुन्द खनाल र पूर्व उद्योग सचिव प्रतापकुमार पाठक सम्मिलित थिए ।
समितिले भट्टका साथै विनोद आर्याल र प्रेम सिंहको नाम सिफारिस गरेको थियो ।

भट्ट उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भुगर्भ विभागका उपसचिव हुन् । यसअघि उनी नेपाल आयल निगमका कार्यकारी निर्देशक समेत भएका थिए । विशेष आर्थिक क्षेत्र (सेज)को कार्यकारी निर्देशकका लागि न्यून आवेदन परेपछि सिफारिस समितिले जेठ २१ गते बिहीवार पुनः दरखास्त आव्हान गरेको थियो ।

यस अघि गत माघ ९ गते कार्यकारी निर्देशक लागि गरिएको दरखास्त आव्हानउपर ५ ओटा मात्रै निवेदन परेपछि समितिले पुनः १५ म्याद थपेको हो ।

कार्यकारी निर्देशक शङ्करमान सिंहले राजीनामा दिएपछिसेज कार्यकारी निर्देशकको पद खाली थियो । समितिले कार्यकारी निर्देशकमा दरखास्त दिन सक्ने व्यक्तिको योग्यता तथा क्षमता समेत तोकेको थियो ।

मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, इञ्जिनियरिङ वा कानुनमा स्नातकोत्तर गरेका तथा उद्योगग, वाणिज्य, व्यापार, राजस्व प्रशासन, इञ्जिनियरिङ वा व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएकाहरूले कार्यकारी निर्देशकका लागि आवेदन दिन पाउने समितिले व्यवस्था गरेको थियो ।

कार्यकारी निर्देशकको मासिक तलव ५० हजार तोकिएको छ । साथै, कार्यसम्पादनमा आरित सुविधा, भत्ता तथा सहुलियतको व्यवस्था गरिने समितिले सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This